6 years ago
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो दिन आज पनि दुई खेल हुँदैछन् । आज पोखरा राइनोज र चितवन टाइगर्स पहिलो जितको खोजिमा हुदाँ विराटनगर वारियर्स र भैरहवा ग्ल्याडीयटर्स लगातार दोस्रो जित निकाल्ले सोचका साथ म्रदान प्रवेश गर्ने छन् ।
आजको पहिलो खेलमा विराटनगरले पोखरा प्रतिसप्रर्धा गर्ने छ । खेल ९ बजेबाट सुरु हुनेछ । स्कटल्यान्डका कप्तान समेत रहेका काइल कोट्जरले पोखराको कप्तानी समाल्ने छन् । त्यस्तै विराटनगरको पारस खड्काले गर्ने छन् । जारी प्रतियोगितामा विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गरेको थियो ।
यताब्याटिङमा उत्कृष्ट प्रर्दशन गरि रहेको पोखराले बलिङमा खराव प्रर्दशन गर्दा सूरुवाती दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा भैरहवा ग्ल्याडीयटर्ससँग ४ विकेटले पराजित भएको थियो । पोखराले उक्त खेलमा २ सय १६ रनको लक्ष्य पनि बचाउन सकेन । दोस्रो खेलमा ललितपुरसँग ६ विकेटले पराजित भयो । १ सय ६७ रनको लक्ष्य पनि पोखराले जोगाउन सकेनन ।
अघिल्लो चरणको आसा कायमै राख्न पोखराले आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा पोखराको अघिल्लो चरणको यात्रा निकै कठिन बन्ने छ ।
रिचार्ड लेभी
दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेभीले लगातर उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । भैरहवाबीरुद्ध ७९ रन बनाएका लेभीले दोस्रो खेलमा ललितपुरबीरुद्ध ८४ रन प्रहार गरे । तर टोलीले लगातार पराजित हुँदा लेभी पनि निरास छन् । पोखरामा लेभीसँगै इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिन, कोइल कोट्जर, सुनिल धमला, सुसन भारी, विक्रम शोबले राम्रो प्रर्दशन गरि रहेका छन् ।
पहिलो खेलमा ललितपुरलाई ३ विकेटले पराजित गरेपनि कप्तान पारस भने जितबाट खुसि देखिएका थिएनन् । विराटनगरले १ सय ५ रनको लक्ष्य पनि अन्तिम ओभरका ७ विकेटको क्षतिमा पुरा गरेको थियो । विराटनगरका लागि कप्तान पारससँगै पल भान मिकरेनले,स्मीत पेटल, करण केसी, रोलफ भान डर मर्व, बाबर हायत,आशिफ शेख, अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी विराटनगरका मुख्य हतियार हुन् । बाबरले आजको खेल पनि खेल्ने छैनन् । बाबर संभवत आजसम्म नेपाल आईपुग्ने छन् ।
पल स्टरलिङ
त्यस्तै आजको दोस्रो खेलमा चितवन टाइगर्सले भैरहवा ग्ल्याडीयर्ससँग खेल्ने छ । खेल १ बजेबाट सूरु हुने छ । २ सय १६ रनको लक्ष्य पुरा गर्दै पोखरालाई पराजित गरेको भैरहवामा बलियो आत्माविश्वास रहेको छ । यता सुरुवाती दुई खेलमा लगातार हार ब्योहोरेको चितवनले अघिलो चरणको यात्रा कायमै राख्नको लागि आजको खेल जित्नै पर्ने हुन्छ । भैरहवाको शरद भेषवाकर र चिवनको पृथु वास्कोटाले कप्तानी समाल्ने छन् ।
पहिलो खेलमा चितवन ललितपुरसँग ११ रनले पराजित हुदाँ दोस्रो खेलमा काठमाडौँ किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डका जोन सिम्पसन, जर्ज स्कटले सुरुवाती दुई खेलमा राम्रो प्रर्दशन गरेका छन् । यता आयरल्यान्डका ओपनर तथा आक्रमक ब्याट्सम्यान पाउल स्टर्लिङले भने खराव प्रर्दशन गर्दै चितवनलाई निरास बनाई रहेका छन् । दिपेन्द्र सिंह ऐरी,ललितसिंह भण्डारी, साहव आलम, कमलसिंह ऐरीले भने राम्रो प्रर्दशन गरेका छन् ।
रवि इन्दर सिंह.
उपाधिको बलियो दाबेदार भैरहवाका रविन्दरसिंह उत्कृष्ट लयमा रहेका छन् । सिंहले पोखरालाई पराजित गर्न ६० बलमा ८ चौका र १० छक्का प्रहार गर्दै १ सय २५ रन प्रहार गरेका थिए । आजको खेलमा पनि भैरहवाले रविको ब्याटबाट त्यस्तै पारीको आसा गरेको छ । भैरहवा लागि रायन टेन डोस्काटे,कप्तान शरद भेषवाकर, रोहित कुमार पौडेल, आरिफ शेख,पुनित महेरा, अभिनास बोहरा,कृष्ण कार्की,प्रदीप ऐरी मुख्य खेलाडी हुन् ।
यूईका तीव्र गतिका बलर मोहम्मद नाविदले आजको खेल पनि खेल्ने छैनन् । नाविद आज बेलुका सम्भवत नेपाल आइपुग्ने छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]