6 years ago
December 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टिभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलमा एक हातले क्याचलिएपछि सरुन भट्टले रु ५० हजार पाएका छन् ।
भट्टले आइतबार भएको तेस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सबीरुद्द पोखरा राइनोजका ओपनर रिचर्ड लेभीले छक्का हानेको बल एक हातले क्याच लिएका थिए । तर उनले एक हातले लिएको हो वा होइन भनेर आइतबार उनलाई ५० हजार दिएको थिएन । तर सोमबार भिडियो फुटेजबाट प्रमाणित भएपछि ५० हजार पाएका हुन् ।
यस संस्करण देखी ईपीएलमा हेर्न आएका दर्शकले एक हातले क्याच लिए ५० हजार पाउने व्यवस्था गरिएको छ । उक्त क्याचलाई एक्सपर्ट भिसा सर्भिसेसले प्रयोजन गरेको छ । आइतबार भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले नटआउट शतक प्रहार गरेपछि भैरहवा ग्ल्याडीयटर्सले पोखरा राइनोजलाई ४ विकेटले हरायो थियो ।
पोखराले प्रस्तुत गरेको २ सय १६ रनको विशाल लक्ष्य पछ्याएको भैरहवाले सिंहको शतकमा अन्तिम ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै शानदार विजयी सुरुवात गरेको थियो । त्यसअघि रिचार्ड लेभीले ३६ बलमा ७ चौका र चौका प्रहार गर्दै ७९ रन बनाएका थिए ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]