default_image

6 years ago

December 10, 2018

काठमाडौंको विजयी सुरुवात, चितवनको लगातार हार

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो खेलमा चितवन टाइसर्गलाई ६ विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलाभेन विजयी सुरुवात गरेको छ ।

चितवनले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य पक्ष्याएको काठमाडौँले १८.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रन बनाउदै ईपीएलमा विजयी सुरुवात गरेको छ । चितवनको भने यो लगातार दोस्रो हार हो । काठमाडौँको सहज जितमा भारतीय खेलाडी सुबरामियन आनन्दले उत्कृष्ट ब्याटिङ गरे । उनले १८ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४३ रनमा नट आउट रहे ।

त्यस्तै १२ बलमा ३ चौका प्रहार गर्दै अमरसिह राउटेला २१ रनमा अविजित रहे । पहिलो विकेटका लागि ओपनर अमित श्रेष्ठ र केभिन ओ ब्रायनले ३६ रनको सोझेदारी गर्दै राम्रो सूरुवात गरेका थिए । ६.३ ओभरमा साहव आलमले भिम सार्कीको हातबाट क्याच गराउदै चितवनलाई पहिलो सिफलता दिलाए । श्रेष्ठ २४ बलमा २ चौका प्रहार गर्दै १८ रनमा आउट भए । त्यस्तै ८.२ ओभरमा आलमले ब्रायनलाई ९ रन बनाएको अवस्थामा विकेटकीपर जोन सिम्पनको स्टमपिङ आउट गरे । १३.२ ओभरमा सागर पुनलाई पल स्टर्लिङले एलबीडब्लु आउट गरे ।

पल स्टरलिङ

सागरले ३४ बलमा ६ चौका प्रहार गर्दै ३९ रनमा पेभिलिएन फर्किए । नरेश बुढाएरले २२ जोडे । चितवनका लागि साहव आलमले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ललितसिंह भण्डारीले र पल स्टर्लिङको समान एक विकेट लिएपनि टिमको जितको लागि प्रयाप्त भएन ।

त्यस अघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित १९.५ ओभरमा अल आउट हुदैँ १ सय ६० रन बनाएको थियो । पहिलो विकेटको लागि ओपनर पल स्टर्लिङ र सन्दीप सुनारले ५ ओभरमा ५३ रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि प्रदीप साहुले सोमपाल कामीको हातबाट क्याच गराउदै पाँँचौ ओभरको पहिलो बलमा आयरल्यान्डका आक्रमक ओपनर ब्याट्सम्यान पल स्टर्लिङलाई ३४ रनमा पेभिलिएनको बाटो देखाए ।

दिपेन्द्र सिंह ऐरी

पलले १३ बलमा समान ३ चौका र छक्का प्रहार गरे । त्यस्तै जोन सिम्पनलाई त्यसै ओभरको दोस्रो बलमा साहुले आउट गर्दै डक आउट पठाए । छैटौँ ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाको हातबाट क्याच गराउदै सागर पुनले सन्दीप सुनारलाई २५ रनमा आउट गरेपछि चितवन सुरुवाती दवावमा परेको थियो । सुनारले १९ बलमा ५ चौका प्रहार गरे । चौथो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र जर्ज स्कटले ४० रनको साझेदारी गर्दै चितवनको इनिङस उकासे । केभिन ओ ब्रायनले १२।१ ओभरमा जर्जलाई बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । जर्जले १९ बलमा १ छक्का प्रहार गर्दै १५ रनमा आउट भए ।

पाँचौ विकेटका लागि ऐरीले कप्तान पृथु वास्कोटासँग ३३ रनको साझेदारी गर्दै चितवनको ब्याटिङ उकासेका थिए । दिपेन्द्रलाई साहुले १६।५ ओभरमा मुखियाको हातबाट क्याच गरादै ४५ रनमा पेभिलिएन फर्काए । ऐरीले ४० बलमा ५ चौका प्रहार गरे । त्यस्तै चितवनका लागि बास्कोटाले २० रन नट आउट रहदा ,भिम सार्की ७, कमल सिंह ऐरी १ रन जोडे ।

काठमाडौँका प्रदीप साहुले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सांसद शेखले २।५ ओभरमा १८ रन खर्चिदा ३ विकेट लिए । सागर पुन,अंमरसिंह राउटेला र केभिन ओ व्रायनले पनि समान १ विकेट लिए ।

पृथु बास्कोटा

September 23, 2024

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

September 22, 2024

गुलशन आउटपछि थप संकटमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ । गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ […]

Success

Thank you for your time.