6 years ago
December 10, 2018
काठमाडौं – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो दिन आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन टाइसर्ग र काठमाडौं किंग्स इलाभेनबीच प्रतिसप्रर्धा हुने छ । खेल ९ बजेबाट सुरु हुनेछ ।
आज काठमाडौंको जारी ईपीएलमा पहिलो खेल खेल्ने छ । चितवन पहिलो खेलमा आइतबार ललितपुर प्याट्रीयट्ससँग ११ रनले पराजित भएको थियो । काठमाडौं पहिलो खेलमा जितका साथ सुखद सुरुवात गर्न चाहन्छ भने चितवन दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरणको यात्रा बलियो बनाउने सोचका साथ मैदान प्रवेश गर्ने छ ।
चितवन टाइगर्समा विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका जोन सिम्पसन, जर्ज स्कट र टेस्ट राष्ट्र आयरल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान पल स्टर्लिङ रहेका छन् । स्टर्लिङ पहिलो खेलमा चल्न सकेनन् । कप्तान पृथु बास्कोटासँगै दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, भिम सार्की, ललितसिंह भण्डारी, साहव आलम, कमलसिंह ऐरी, आदिल खान, सागर ढकाल र आकाश थापा चितवनका मुख्य खेलाडी हुन् । यी खेलाडीको प्रर्दशननै चितवनको हार र जित अडिएको हुन्छ ।
इलेभेनको कप्तानी सोमपाल कामीले गर्ने छन् । विदेशी खेलाडीको रुपमा आयरल्यान्डका केभिन ओ ब्रायन, यूएइका कप्तान रोहन मुस्तफा र आईपीएल खेली सकेका भारतीय प्रदीप साहू छन् । तर रोहन मुस्तफा भने आजको खेल खेल्ने छैनन् । एसियन क्रिकेट काउन्सिलले आयोजना गरि रहेको इमरर्जिङ टिमकपमा यूएई खेली रहेको कारण सुरुवाती केहि खेल गुमाउने छन् । प्रदीप जिम्बावेका सिकन्दर राजाको स्थानमा आएका हुन् । त्यस्तै काठमाडौमा अमित श्रेष्ठ, सागर पुन, नरेश बुढाएर, सिद्धान्त लोहनी, राजु रिजाल, अमरसिंह राउटेला, बिक्रम भुषाल लगायत रहेका छन् ।
रिचार्ड लेभी
दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रीयट्सबीच खेल हुने छ । खेल दिउँसो १ बजेबाट सुरु हुने छ । पोखराका कप्तान तथा स्कटल्यान्डका काइल कोट्जर पहिलो खेलबाट सन्तुष्ट छैनन् । पहिलो खेलमा भैरहवाबीरुद्द २ सय १६ रनको लक्ष्य पनि बचाउन सकेका थिएनन् । दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेभीले दोस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्ने आशा पोखराले राखेको छ ।
पहिलो खेलमा लेभीले ३६ बलमा समान ७ छक्का र चौका प्रहार गर्दै भैरहवाबीरुद्ध ७९ रन बनाएका थिए । तर पोखराले हारेपछि लेभी निराश देखिन्थे । पोखरामा लेभीसँगै इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिन र हङकङका सन्नी भिमसारिया छन् । शक्ति गौचन, सुनिल धमला, विनोद भण्डारी, सौरभ खनाल, सुसन भारी, विक्रम शोब, राजेश पुलामी मगर पोखराका भरपर्दा खेलाडी हुन् ।
ललितपुरमा भारतीय सन्नी पटेल,जयकिशन कोल्सावाला र गौरभ तोमर ललितपुरका विदेशी रहेका छन् । ज्ञानेन्द्र मल्लले समाली रहेको ललितपुरले दुई खेलमा एकमा जित र १ मा हार ब्योहोरेको छ । ललितपुरका मुख्य खेलाडी सन्दीप लामिछाने खेल्ने छैनन् । सन्दीपको अभाव ललितपुरमा खड्कीन सक्ने छ । सन्दीप बिग बास र वंगालदेश प्रिमियर लिग खेल आइतबार रातीनै अस्टेलिया तर्फ लागेका छन् । ललितनारायण राजवंशी, राशिद खान, आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल,सन्दीप जोरा,सोनु तामाङ ललितपुरका प्रमुख खेलाडी हुन् ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]