6 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्व चर्चित विग ब्यास खेल्न आज राती अष्ट्रेलिया प्रस्थान गर्दै छन् । सन्दीप आज राति ९ बजेर ५५ मिनेटमा सिल्क एयरबाट अष्ट्रेलिया प्रस्थान नेपाली राष्ट्रिय क्रिकेट टिमका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जानकारी दिए ।
यो सँगै सन्दीपले शनिबारबाट सुरु भएको तेस्रो संकरणमा ललितपुरबाट बाँकी सबै खेल गुमाउने छन् । सन्दीपले सुरुवाती २ खेलमा ५ विकेट लिएका छन् । सन्दीप मेलर्बोन स्टार्सबाट बिग ब्यास खेल्ने छन् । विग ब्यास १९ डिसेम्बर देखी सुरु हुँदैछ ।
सन्दीपको टिम मेलर्बोन स्टारले पहिलो खेल २१ डिसेम्बरमा सिड्नी थन्डरसँग खेल्ने छ । सन्दीप जनवरी पहिलो साता फेरी बंगलादेश लिग खेल्न बंगलादेश जाने छन् । बंगलादेश प्रिमियर लिगमा सन्दीपले सिल्हेट सिक्सर्सबाट खेल्ने छन् । बंगलादेश प्रिमियर लिग सकेपछि सन्दीप पुनः बिग ब्यास खेल्न जाने शिवाकोटीले जानकारी दिए ।
सन्दीप एक साता अघि यूएईमा सम्पन्न टी– १० क्रिकेट लिग खेलेर नेपाल आएका थिए । टी–१० भने सन्दीपले सुरुवाती ३ खेलमा राम्रो प्रर्दशनगरे पनि पुछारको तीन खेलमा विकेटविहीन हुनुको साथै खराब प्रर्दशन गर्न पुगे ।
सन्दीपले ६ खेलमा ११ ओभर बलिङ गर्दै १ सय ४९ रन खर्चिदै ६ विकेट लिएका थिए । गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) बाट व्यवसायिक अन्तर्राष्ट्रिय क्रिकेट थालेका सन्दीपलाई अहिले खेल खेल्न भ्याई नभ्याई रहेको छ ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]