6 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सोनु तामाङले आक्रामक ब्याटिङ गरेपछि तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । सोनु २४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै नट आउट रहे । उनलाई अन्तिमतिर सन्दीप जोरालेले पनि उत्कृष्ट ब्याटिङ गर्दै साथ दिए । उनले मात्र ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा नट आउट रहे ।
त्यसअघि गौरव तोमरले २९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाउँदा जय किशन कोल्सावालाले २० रन जोडे । सन्नी पटेलले १३ बलमा १ छक्कसहित १९ रन जोड्दा कुशल भुर्तेल र कप्तान ज्ञोनेन्द्र मल्लले समान ३ रन बनाए ।
चितवनका लागि जर्ज स्कटले ३ ओभरमा १ मेडन सहित २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै पाउल स्टर्लिङ,कमलसिंह ऐरी र ललितसिंह भण्डारीले पनि समान एक विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]