6 years ago
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का किर्तिपुरमा शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारीयर्सको कप्तानी सम्हालिरहेका छन् ।
उद्घाटन खेलमा पारसको टोलीले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पारसको टोली विराटनगर वारीयर्स पछिल्लो संस्करणको विजेता पनि हो । विराटनगरले गतवर्ष उपाधिसँगै २१ लाख रुपैयाँ पुरस्कार हात पारेको थियो ।
तर उद्घाटन खेल हुँदासम्म पनि तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगको विजेताले पाउने पुरस्कार राशी आयोजकले हालसम्म सार्वजनिक गरेको छैन । यस विषयमा पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा पारसले यस्तो अभिव्यक्ति दिए :
‘प्रतियोगिताहरु भइरहेका छन् । हामी नेपाली खेलाडी अहिलेसम्म पैसा भन्दापनि प्यासनले नै खेलिरहेका छौं । व्यावसायिक लिगहरुमा खेल्दा केहि राम्रो हुन सक्छ भन्ने हो । त्यो भन्दापनि ईपीएलले नेपाली क्रिकेटमा बेग्लै स्तर बनाएको छ, त्यसमा हामी खुसी हुनुपर्छ ।
नकारात्मक कुरा गर्ने हो भने त्यस्ता कुरा गर्ने धेरै ठाउँ भेटिन्छ । भविष्यमा प्रतियोगिताको पुरस्कार राशी घोषणा भएपछि त्यसले खेलाडीको मनोबल बढाउन सहयोग गर्नेछ । तर अहिलेको खेलाडीलाई पुरस्कार राशीभन्दा खेल र प्रतियोगिताको उपाधि जित्नु बढी महत्त्व छ ।
नेपाली क्रिकेट जुन बाटोमा अगाडी बढेको छ, पैसा सधैं साथ रहन्छ । हामीले यो बुझ्नुपर्छ कि खेलाडीको रुपमा हामीले आगामी दिनमा कस्तो विकास गर्नेछौं । नेपाली क्रिकेटमा अहिले धेरै युवाहरु छन् । हामीले भविष्य कर्णधारहरुलाई राम्रो स्थान दिएर ईपीएलजस्ता प्रतियोगिताहरु प्लाटफर्म बनाएर उनीहरुको करिअर बढाउन सहयोग गर्नुपर्छ ।’
अन्तर्वार्ताको पूरा भिडियो :
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]