6 years ago
December 8, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा तेस्रो दिनको खेल सकिदा भारतले मध्यम प्रर्दशन गरेको छ । तेस्रो दिनको खेल सकिँदा भारतले १ सय ६६ रनको अग्रता लिएको छ ।
तेस्रो दिन भारत १ सय ५१ रन जोड्दै ३ विकेट गुमाएको स्थितिमा छ । चौथो दिन आइतबार भारतका अजिंक्य रहाणे १ र चेतेश्वर पुजाराले ४० रनबाट खेल्ने छन् । दोस्रो इनिङसमा भारतका लागि ओपनर केएल राहुल ४४, मुरली विजय १८ र कप्तान विराट कोहलीले ३४ रन बनाए । ओपनर राहुल र विजयले पहिलो विकेटका लागि १८.२ ओभरका ६३ रनको साझेदारी गर्दै भारतलाई बलियो सुरुवात दिलाएका थिए । अष्ट्रेलियाका लागि जोश हेजलवुड, मिचेल स्टार्क र नाथन लायनले समान १ विकेट लिएका छन् ।
तेस्रो दिन शनिबार घरेलु टोली अष्ट्रेलियाले १ सय ९१ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थाबाट खेल सुरु गरेको थियो । ११ ओभर भित्र ४५ रन जोड्दै ३ विकेट गुमाएपछि अष्ट्रेलियाले पहिलो इनिङसमा २ सय ३५ रनमा समेटियो । ट्रभिस हेड १ सय ६७ बलमा ६ चौका प्रहार गर्दै ७२ रनमा आउट भए । त्यस्तै स्टार्कले १५, कमिन्स १० र नाथन लायन २४ रनमा नट आउट रहे । लायन २८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
दोस्रो दिन अष्ट्रेलियाका पिटर हृयान्डस्कोम्बले ३४, उस्मान खवाजाले २८ र मार्कुस हृयारिसले २६ रन बनाएका थिए । अष्ट्रेलियाका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा भारतका स्पिनर रविचन्द्रन अश्विनले र जसप्रित बुमराहले समान ३-३ विकेट लिए । त्यस्तै इशान्त शर्मा र मोहम्मद शामीले पनि २–२ विकेट आफ्नो नाममा लेखाए । त्यस अघि एडिलेड भारतले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङ्समा सबै गुमाएर क्षतिमा २ सय ५० बनाएको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]