6 years ago
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – करण केसीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा विराटनगर वारीयर्सले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गरेको छ । ललितपुरले प्रस्तुत गरेको १ सय ५ रनको सामान्य लक्ष्य विराटनगरले अन्तिम ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
स्पिन बलरसामु मध्यक्रमको ब्याटिङ नाटकीय रुपमा पतन हुँदा करणले तल्लोक्रममा ब्याटिङ सम्हाल्दै विराटनगरलाई जितसम्म पुर्याए । करण केसीले १९ बलमा नटआउट ३६ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे । उनलाई पल भान मेकरेनले नटआउट ९ रन जोड्दै साथ दिए । अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा करणले योगेन्द्रसिंह कार्कीलाई दोस्रो बलमा छक्का प्रहार गरेपछि जित नजिक पुगेको थियो ।
ओपनर अनिल कुमार साह ११ रन जोड्दै सन्दीप लामिछानेको बलमा आउट हुँदा विराटनगरको स्कोर १९ रन थियो । पारस ८ रन जोड्दै ३२ रनको स्थितिमा गौरव तोमरको बलिङ दोस्रो विकेटका रुपमा पेभेलियन फर्किए । त्यसै ओभरमा स्मीत पटेल पनि १ रनमा आउट भए । रोलफ भान डर मर्व नन स्ट्राइक एण्डमा रहँदा कुनै बलको सामना नगरी रनआउट भएपछि विराटनगर ३४-४ को स्थितिमा पुग्यो ।
सिफ शेख १९ रन जोड्दै गौरव तोमरको बलमा क्याच आउट भए । लगत्तै सुमित महर्जन ललितको बलमा आउट भएपछि १५ औं ओभरमा विराटनगर ५०-६ को दयनीय स्थितिमा पुग्यो । हरिबहादुर चौहान ४ रन जोड्दै सन्दीप लामिछानेको बलमा स्टम्पिङ आउट भए ।
ललितपुरका लागि गौरव तोमर र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । गौरवले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सन्दीपले पनि ४ ओभरमा १ विकेट मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले १६ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले औसत ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनको योगदान दिंदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर जोड्न सकेनन् । ज्ञानेन्द्र ४९ रन जोड्दै इनिङसको अन्तिम बल बाँकी छँदा करण केसीको बलमा कट बिहाईन्ड भए । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
भारतीय ब्याट्सम्यान ओपनर जयकिशन कोल्सावाला ४ रन र गौवर तोमर ४ रनमा पेभेलियन फर्कंदा ललितपुरले अपेक्षित सुरुवात लिन सकेन । तोमरले १४ बलको सामना गरेका थिए । अर्का ओपनर पवन सर्राफले २१ बलमा १ चौका र १ छक्कासहित १४ रनमात्र जोडे ।
कुशल भुर्तेल सामना गरेको पहिलो बलमा नै स्टम्पिङ आउट भए । सन्नी पटेलले आक्रामक ब्याटिङ गर्दै टोलीको योगफल सम्मानजनक पुर्याउन मदत गरेका थिए । उनले १५ बलमा ३ चौकासहित २० रनको योगदान दिए । सन्दीप जोरा ७ बलमा ४ रन जोड्दै पेभेलियन फर्किए । योगेन्द्र सिंह कार्की खाता नखोली रनआउट भए । राशिद खानले ३ बलमा नटआउट ५ रन जोड्दा सन्दीप अन्तिम बलमा शून्यमा रनआउट भए ।
विराटनगरका लागि रोलाफ भान डर मर्वले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे । करण केसीले २ विकेट लिंदा स्मित पटेल र पारस खड्काले पनि १-१ विकेट हात पारे ।
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]