6 years ago
December 6, 2018
एजेन्सी – विश्व क्रिकेटको १ सय ४१ वर्ष इतिहासमा बलिङ पनि गर्ने विकेटकीपर बिरलै भेटिन्छन् । यसैपनि हरेक टिममा एक भन्दा बढि विकेटकीपर प्लेइङ ११ मा कमै मात्र देख्न पाइन्छ । एकै टिममा दुई विकेटकीपर रहेपनि विकेटकिपिङ गर्ने एक खेलाडीले मात्र हो ।
ब्याट्सम्यानले उत्कृष्ट बलिङ र बलरले उत्कृष्ट ब्याटिङ गरेको विभिन्न खेल र प्रतियोगितामा देखेको थुप्रै उदाहरण छन् । ब्याट्सम्यानले पार्ट टाइम बलिङ र बलरले नाइटवाचम्यानका रुपमा ब्याटिङ र ‘पिन्च हिटीङ’ गरेको पनि देखिन्छ । तर विकेटकीपरले पनि बलिङ गरेको धेरै क्रिकेट फ्यानहरुलाई थाहा नहुन सक्छ । बलिङ मात्र होइन विश्व क्रिकेटमा यी ५ विकेटकीपर छन् जसले विकेट पनि लिएका छन् ।
महेन्द्रसिंह धोनी – भारत
भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीले सन् २००९ मा च्याम्पियनशिप ट्रफीमा वेस्ट इन्डिजविरुद्ध बलिङ गरेका थिए । धोनीले एक्कासी आफ्नो ग्लोभ्स उतारेर दिनेश कार्तिकलाई विकेटकीपर गर्न भन्दै आफू बलिङ गर्न आएका थिए । धोनी बलिङ गर्न आउनु अघि वेस्ट इन्डिजले १६ ओभरमा ४ विकेट गुमाएको थियो ।
धोनीले १६.४ ओभरमा ट्राभिस डाउलिनलाई बोल्ड आउट गर्दै पेभिलिएन फर्काएपछि खेल केहि समय निकै रोमाञ्चक बन्न पुग्यो । धोनीले उक्त ओभरमा ९ रन खर्चिए । त्यस्तै १९ औँ ओभरमा पनि धोनी पुन बलिङ गर्न आए । तर विकेट लिन नसक्दा ६ रन खर्चिएका थिए । धोनीले लिस्ट ए मा ६३ बल बलिङ गरेर ५३ रन खर्चिदा २ विकेट आफ्नो नाममा लेखाएका छन् ।
पछिल्लो समय ढल्किदो उमेरसँगै खस्किदो प्रर्दशनका कारण धोनी सन्न्यासको संघारमा पुगेका छन् । धोनीले आगमी वर्ष इंग्ल्यान्डमा हुने वान डे विश्वकपपछि सन्न्यास लिने निश्चित जस्तै छ ।
मार्क बाउचर – दक्षिण अफ्रीका
मार्क बाउचर दक्षिण अफ्रिकी विकेटकीपर तथा भरपर्दा ब्याटम्यान हुन् । बाउचरले सन् २००५ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट खेलमा बलिङ गर्दै ड्वेन बाभ्रोलाई १ सय ७ रन बनाएको अवस्थामा २३५.२ ओभरमा क्याच आउट गराएका थिए । १.२ ओभर बलिङ गर्ने मौका पाएका बाउचरले ६ रन खर्चेर १ विकेट लिए ।
तास्लिम अरिफ – पाकिस्तान
पाकिस्तानका पूर्व विकेटकीपर अरिफले मात्र ६ टेस्ट २ वान डे खेल खेलेका छन् । सन् १९८० मा भारतविरुद्धको टेस्टमा डेब्यू गरेका अरिफले त्यसैवर्ष अष्ट्रेरेलियाविरुद्ध पनि खेल्ने अवसर पाए । अरिफले उक्त खेलमा विकेटकीपरसँगै बलिङ पनि गरे । अरिफले तेस्रो टेस्टको दोस्रो इनिङसमा अष्ट्रेलियाका मिडिल अडरका ब्याट्सम्यान ग्रेम बियर्डलाई सुलतान रानाको हातबाट क्याच आउट गराउदँ पेभिलिएन फर्काएका थिए । अरिफले आउट गर्दा ग्रीम अर्धशतक बनाउन १ रनले चुके अर्थात ४९ रनमा आउट भए । उनले उक्त खेलमा ५ ओभर बलिङ गर्दै २८ रन खर्चिए र १ विकेट लिए ।
डेभन थोमस – वेस्ट इन्डिज
थोमस वेस्ट इन्डिजका विकेटकीपर तथा ब्याट्सम्यान हुन् । थोमसले सन् २००९ मा वंगलादेशबीरुद्ध डेब्यू खेलमा एकै ओभरमा २ विकेट लिएका थिए । दोस्रो वान डे खेलमा बंगलादेशलाई जितको लागि अन्तिम ५ ओभरमा २४ रन चाहिएको अवस्थामा विकेटकीपरको भूमिका अर्कैलाई सुम्पियर आफु बलिङ गर्न आए ।
पहिलो बलमै महमूदुल्लाहलाई मिलरको हातबाट क्याच आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । त्यस्तै दोस्रो बलमा मुशफिकुर रहीमलाई डट गराएका थोमसले तेस्रो र चौथो बलमा भने चौका खर्चिन पुगे । पाँचौ बलमा दुई वाइट सहित डट गराउँदा छैटौं बलमा भने विकेट लिन सफल भए । रहीम ३१ रन बनाएको अवस्थामा स्यामीको हातबाट क्याच आउट हुन पुगे । थोमसले उक्त ओभरमा १० रन खर्चेर २ महत्वपूर्ण विकेट लिएका थिए । तर वेस्ट इन्डिज ३ विकेटले पराजित हुन पुग्यो ।
सैयद किरमानी – भारत
किरमानी भारतीय पूर्व विकेटकिपर तथा ब्याट्सम्यान हुन् । सन् १९८३ मा पाकिस्तान भारत भ्रमणमा थियो । तेस्रो टेस्ट नागपुरमा चल्दा किरमानीले विकेटकीपरको भूमिका निवार्ह गरेका थिए । उक्त खेल ड्र हुने पक्कापक्की थियो । भारतले पहिलो इनिङसमा २४५ र दोस्रोमा २६२-८ को अवस्थामा इनिङस समाप्तीको घोषणा गर्यो ।
पहिलो इनिङसमा पाकिस्तानले ३२२ रन बनाउदा दोस्रो इनिङसमा अन्तिम पाँँचौ दिन मात्र ८ ओभर ब्याटिङ गर्न पाएको थियो । जस्मा पाकिस्तानले जित्नको लागि १ सय ८६ रन बनाउनु पर्ने थियो । तर त्यो सम्भव थिएन । यसै क्रममा कप्तान कपिल देवले करमानीलाई विकेटकीपरबाट बलिङ गर्न लिएका थिए । करमानीले पनि अजिम हफिजलाई १८ रनमा बोल्ड आउट गर्दै खेल ड्र मा सकाए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]