default_image

6 years ago

December 6, 2018

तेस्रो संस्करणको टिभीएस ईपीएलको ट्रफी सार्वजनिक

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शनिबारबाट सुरु हुने तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरिएको हो ।

ट्रफी सार्वजनिकमा ६ फ्रेन्चाइज टोलीका ६ कप्तान सहभागी थिए । ईपीएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारीयर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरि ६ टिम रहेका छन् । राउण्ड रोविनका आधरमा हुने खेलमा शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । यस पटक पोखरा राइनोजको कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गर्ने भएका छन् । काठमाडौंको कप्तानी सोमपाल कामी र चितवनको पृथु बास्कोटाले गर्ने छन् ।

गत वर्ष पोखराको कप्तानमा शक्ति गौचन, चितवनमा दिपेन्द्रसिंह ऐरी र काठमाडौंमा श्रीलंकाका फरवेज महारूफ रहेका थिए । ईपीएलको विजेताले पाउने पुरस्कार रकम भने घोषणा गरिएको छैन । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले पुरस्कार राशी केहि दिनमै घोषणा गर्ने जानकारी दिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा विराटनगरका कप्तान पारस खड्काले टिम सन्तुलन रहेकोले राम्रो खेल्दै पुन: उपाधि जित्ने लक्ष्य राखेको बताए । गत संस्करणमा विराटनगरले भैरवाहलाई १ रनले हराउँदै उपाधि जितेको थियो । पारसले सम्पूर्ण फ्यान,स्पोन्सर,मिडियालाई धन्यावाद समेत दिए ।

ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले टिममा ठूला नाम भन्दा पनि खेलमा खेलाडीले राम्रो खेल्नु पर्ने बताए । आफ्नो टोलीमा ठूला नामका खेलाडी नभएपनि राम्रो प्रर्दशन गर्ने दाबी गरे । त्यस्तै काठमाडौँका कप्तान सोमपाल कामीले गत वर्ष कस्तो खेलियो भन्दा पनि यो वर्ष राम्रो प्रर्दशन गर्ने बताए । सोमपालले आयरल्यान्डका केभिन ओ’ब्रायनको आगमनले टिम झनै राम्रो भएको र टोलीमा आत्माविश्वास पनि बढेको बताए ।

चितवनका कप्तान पृथु बास्कोटाले युवा खेलाडी राम्रो लयमा रहेको कारण प्रतियागितामा राम्रो प्रर्दशन गर्ने बताए । भैरवाहका कप्तान शरद भेषवाकरले टिमको सन्तुलन राम्रो रहेकाले यसपटक पनि लक्ष्य ट्रफी जित्नेनै रहेको बताए । पोखराका कप्तान कोट्जरले ईपीएल खेल्न निकै आतुर रहेको बताए । उनले नेपाली क्रिकेट समर्थक विश्वभरमै प्रख्यात रहेकाले यहाँको अनुभव बेग्लै हुने बताए ।

ईपीएलमा शनिबार ललितपुर र विराटनगरबीच खेल हुने छ । खेल दिउँसो १ बजे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

ट्रफी सार्वजनिक कार्यक्रमको फोटोफिचर यहाँ हेर्नुहोस्

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.