default_image

6 years ago

December 6, 2018

आईपीएलमा नेपाली खेलाडीले दर्ता गरेनन्

68 views

0 Bookmark

मुम्बई (एजेन्सी) –  विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) –२०१९ को अक्सन आगमी १८ डिसेम्बरमा जयपुरमा हुँदैछ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अनुसार २३२ विदेशी र ७४६ भन्दाबढी भारतीय खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । तर नेपालका कुनैपनि खेलाडीले आफ्नो नाम दर्ता गराएका छैनन् । यसपटक अक्सनमा नाम दर्ता गराउने सर्वाधिक खेलाडी दक्षिण अफ्रिकाका रहेका छन् । अफ्रिकाबाट ५९ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

त्यस्तै अस्ट्रेलिया ३५, वेस्ट इन्डिज ३३, श्रीलंका २८,अफगानिस्तान २७, न्युजिल्यान्ड १७, इंग्ल्यान्ड १४ र बंगलादेशका १० खेलाडी सहभागी छन् । जिम्वावेका ५,आयरल्यान्ड,अमेरिका,हङकङ र नेदरल्यान्डबाट एक एक जना छन् । डिसेम्बर १० मा बोर्डले खेलाडीको नाम सहित अन्तिम सूचि तयार पार्दै डाफ्ट सार्वजनिक गर्ने छ । अक्सनबाट ५० भारतीय र २० विदेशी गरी कुल ७० खेलाडीले आईपीएलमा स्थान बनाउने छन् ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.