6 years ago
December 5, 2018
एजेन्सी – पाकिस्तानका उत्कृष्ट अलराउण्डर मोहम्मद हफिजले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । ३८ वर्षिय हफिजले आवुधावीमा न्युजिल्यान्डसँग चलि रहेको तेस्रो टेस्ट खेल नै आफ्नो अन्तिम टेस्ट खेल हुने मंगलबार घोषणा गरेका छन् ।
सन् २००३ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गर्दै पाकिस्तानको टिममा प्रवेश गरेका हफिजले ५४ टेस्ट खेल खेलेका छन् । जस्मा १० शतक १२ अर्धशतक सहित कुल ३६४४ रन बनाउदा बेस्ट स्कोर २ सय २४ रहेको छ । टेस्टमा बलिङ तर्फ हफिजले २.६६ को इकोनमिमा रन खर्चेर कुल ५३ विकेट लिएका छन् । हफिजले टेस्ट करियमा उत्कृष्ट प्रर्दशनका रुपमा ४/१६ रहेको छ ।
त्यस्तैपाकिस्तानबाट हफिजले २ सय ३ वान डे, ८९ टी–२० अन्तर्राष्ट्रिय,२ सय ९ प्रथम श्रेणी र ३ सय २५ लिष्ट ए खेल खेलेका छन् । हफिजले सिमीत ओभरको खेल आगमी वर्ष इंग्ल्यान्डमा हुने वान डे विश्वकप सम्म खेल्ने इच्छा राखेको अन्तर्राष्ट्रिय स्पोर्ट्स मिडियाहरुले जनाएका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]