default_image

6 years ago

December 5, 2018

टीभीएस ईपीएलमा इंग्ल्यान्डका चियर लिडर्स (फोटो फिचर)

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी शनिबारबाट टियू क्रिकेट मैदानमा सुरु हुने तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि ब्रिटीस अर्थात इंग्ल्यान्डबाट चियर लिडर्स ल्याईएको छ ।

बुधबार काठमाडौंको साग्रिंला होटलमा एक कार्यक्रमकाबीच ६ चियर लिडर्सलाई सार्वजनीक गरियो । ईपीएलमा आम दर्शकलाई मनोरञ्जन दिनको लागि पहिलो पटक विदेशी चियर लिडर्स नेपाल ल्याईएको हो । दोस्रो संकरणको ईपीएलमा नेपाली चियर लिडर्सले मनोरञ्जन दिएका थिए ।  यी ६ लिडर्सलाई ३/३ गरि हरेक खेलका दुई टोलीमा विभाजन गरिनेछ ।

आफ्नो टोलीले चौका,छक्का,क्याच आउट,बोल्ड आउट,शतक,अर्धशतक प्रहार लगायत थुप्रै कुरामा लिडर्सले नाचेर मनोरञ्जन दिने छन् । यी ६ लिडर्सले गत वर्ष आईपीएलको फेन्चाइज टोली साविक दिल्ली डियर डेभिल्स हाल दिल्ली क्यापिटल्स र केहि दिन अघि वेस्ट इन्डिजमा सम्पन्न महिला विश्वकपको उद्धघाटन खेलमा पनि मनोरञ्जन दिई सकेको ईपीएलका एमडी आमिर अख्तरले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा राष्ट्रीय तथा विराटनगरका कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको यो प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास पुग्ने बताए । टिभीएस ईपीएलमा शनिबार विराटनगर वारियर्स र ललितपुर् प्याट्रीयट्सबीच उद्धघाटन खेल हुने छ ।

फोटो फिचर :

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.