default_image

6 years ago

December 5, 2018

गौतम गम्भीरको क्रिकेटबाट सन्न्यास

90 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । गम्भीरले मंगलबार आफ्नो ट्विटर मार्फत अन्तर्राष्ट्रिय सबै स्तरका साथै घरेलु लिग र आईपीएलबाट पनि सन्न्यास लिएको बताएका छन् ।

Gautam gambhir

गम्भीर सन् २०१६ मा इंग्ल्यान्डबीरुद्ध खेलेदेखी भारतीय टिम बाहिर रहदै आएका थिए । त्यस्तै टी-२० क्रिकेट सन् २०१२ मा पाकिस्तानबीरुद्ध र वानडे मा सन् २०१३ मा इंग्ल्यान्डबीरुद्ध खेले देखी भारतीय टिम बाहिर थिए । पुर्व ओपनर गम्भीरले सन् २००७ मा टी-२० र २०११ मा भारतलाई वान डे विश्वकप जिताउन उत्कृष्ट प्रर्दशन गरेका थिए ।

गम्भीरले सन् २००४ मा अस्ट्रेलियाविरुद्द र २००३ मा बंगलादेशविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए । गम्भीरले ५८ टेस्ट, १ सय ४७ वान डे,३७ टी–२०, १ सय ९७ प्रथम श्रेणी र २ सय ९९ लिष्ट ए खेल खेलेका छन् । टेस्टमा गम्भीरले कुल ४१५४ कुल रन बनाउदा ९ शतक र २२ अर्ध शतक प्रहार गरेका छन् । वेस्ट स्कोर २ सय ६ रहेको छ ।

वान डे मा ११ शतक र ३४ अर्ध शतक प्रहार गर्दै कुल ५२३८ रन बनाएका छन् । त्यस्तै टी–२० क्रिकेटमा कुल ९ सय ३२ रन बनाए । आईपीएलमा सन् २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाउन उत्कृष्ट कप्तानी भूमिका निर्बाह गरेका थिए ।

पछिल्लो आईपीएल सन् २०१७ मा साविक दिल्ली डेयर डेभिल्स हाल दिल्ली क्यापिटल्सबाट केहि खेलमा कप्तानी गरेका थिए । तर खराव प्रर्दशनका कारण राजिनामा दिएका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.