default_image

6 years ago

December 4, 2018

भारतले अस्ट्रेलियासँग टेस्ट सिरिज हार्न सक्ने यी ५ कारण

40 views

0 Bookmark

सिड्नी (एजेन्सी) – अस्ट्रेलियासँग भारतीय क्रिकेट टोलीले पहिलो टेस्ट डिसेम्बरमा ६ मा खेल्दै छ । टेस्ट अघि तीन खेलको टि-ट्वान्टी श्रृंखला १–१ को बराबरीमा सकिएको थियो ।

अस्ट्रेलियन भूमिमा भारतले ४४ टेस्टमा मात्र ५ मा जित निकाल्न सकेको छ । अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतले अहिले सम्म जित्न सकेको छैन । पहिलो पटक टेस्ट सिरिज जितेर नयाँ इतिहास रच्ने योजनासहित भारतीय टोली अस्ट्रेलिया भ्रमणमा निस्केको छ ।

बल टेम्परिङका कारण पूर्व कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नर अस्ट्रेलिया टोलीमा नहुँदा यस पटक भारतले सहजै टेस्ट सिरीज जित्ने धेरै समर्थक र विश्लेषकहरुले अनुमान गरि रहेका छन् ।

यी दुई खेलाडी नहुँदा अस्ट्रेलियाली टोलीले क्रिकेटमा चार दशक यताकै खराब प्रर्दशन गरि रहेको छ । तर वार्नर र स्टिभ टिममा नभएपनि अस्ट्रेलियन भूमिमा भारतलाई टेस्ट सिरिज जित्न सहज भने हुने छैन । यी ५ कारण छन्, जस्ले गर्दा भारतले अस्ट्रेलियासँगको टेस्ट सिरीज हार्न सक्ने छ :

स्पिनर सामु भारतीय ब्याट्सम्यान कमजोर

भारतीय ब्याट्सम्यान विदेशी मैदानमा स्पिनर सामु कमजोर ठहरिंदै आएका छन् । भारतले विदेशी भूमिमा टेस्ट सिरिज जित्न नसक्नुको प्रमुख कारण पनि स्पिनर बलरविरुद्ध रन बनाउन नसक्नु हो । केहि महिनाअघि इंग्ल्यान्डमा भारतले पाँच टेस्ट श्रृंखला ४–१ ले गुमाएको थियो । जस्मा स्पिनर मोइन अलीले २ खेलमा १२ विकेट लिँदै इंग्ल्यान्डलाई सहज ढंगमा सिरिज जिताएका थिए ।

सन् २०१४–१५ मा पनि भारत अस्ट्रेलिया भ्रमणमा रहेको थियो । एडिलेडमा स्पिनर नाथन लायनले १२ विकेट लिएका थिए । भारतले पहिलो खेल एडिलेडमा नै खेल्दै छ र नाथन अहिले पनि अस्ट्रेलियाका प्रमुख हतियार हुन् । टेस्ट सिरीज जित्ने भारतको सपना अधुरै बनाउन नाथन यस पटक बाधक बन्न सक्ने छन् ।

अनुभव विहिन विकेटकीपर

यस पटक भारतीय टेस्ट टोलीमा युवा खेलाडी ऋषभ पन्तले विकेट किपरको भूमिका निर्वाह गर्ने छन् । महेन्द्र सिंह धोनीको सन्न्यासपछि ऋद्धिमान शाह र पार्थिव पटेलले भारतीय टोलीमा विकेट किपरको जिम्मेवारी सम्हालेका थिए ।

पटेलले भने भारतीय टोलीमा विरलै मौका पाएका छन् । तर यस पटक चोटका कारण शाह भारतीय टिममा छैनन्। स्टम्पिङ देखि रिभ्यू अपिल गर्ने सम्म विकेटकिपर को निर्णय अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । अझ अस्ट्रेलियाको पिचमा वाउन्स अत्याधिक हुने गर्दछ । जुन अनुभवी विकेट किपरको लागि केहि सहज देखिएपनि नयाँका लागि कठिन मानिन्छ ।

पन्तले हालसम्म ५ टेस्ट मात्र खेलेका छन् । विकेटकिपरको भूमिकामा पन्तले कमै अनुभव बोकेका छन् । अस्ट्रेलियाका उछाल भरिएको पिचमा पन्तले पहिलो पटक विकेटकिपङ गर्दैछन् । जसको फाइदा अस्ट्रेलियाका ब्याट्सम्यानले उठाउन सक्ने छन् ।

ब्याटिङ क्रमनै अलमलमा

भारतीय टोलीमा कुन ब्याट्सम्यानले कुन अडरमा ब्याटिङ गर्ने अलमल रहेको छ । रोहित शर्मा, मुरली विजय, केएल राहुल, पृथ्वी शअ संभावित ओपनर हुन् । शअ चोटका कारण पहिलो खेल गुमाउने भएका छन् ।

त्यसैले पनि अझ ओपनर कस्ले गर्छ भन्ने दुविधा बढेको छ । त्यस्तै तेस्रोमा चेतेश्वर पुजरा र चौथो नंबरमा कप्तान विराट कोहलीले ब्याटिङ गर्ने छन् । रोहितले ओपनिङ नगरे कुन अडरमा ब्याटिङ गर्ने भन्ने पनि टुंगो छैन ।

पाँचौ, छैटौँ र सातौँ नम्बरमा कसलाई गराउने भन्नेमा पनि भारतीय टोली अलमलमा छ । विकेटकिपर पन्त, अजिंका रहाने,  हनुमा विहारीमध्य कसले कहाँ ब्याटिङ गर्ने भन्ने अनिश्चित छ । ब्याटिङक्रम परिवर्तन गरिरहँदा प्रर्दशनमा पनि प्रभाव पर्ने गर्दछ । जसको फाइदा अस्ट्रेलियन बलरलाई पुग्न सक्नेछ ।

मिचेल स्टार्क

तीव्र गतिका बलर मिचेल स्टार्क भारतलाई घातक सावित हुन सक्छन् । अस्ट्रेलियाको पिचको उछालमा तीव्र गतिका बलर स्टार्कले भारतीय धेरै ब्याट्सम्यानलाई निराश बनाउने अनुमान गरिएको छ । स्टार्क तल्लोक्रममा ब्याटिङ र ठूला ठूला शट प्रहार गर्न पनि कहलिएका छन् । अघिल्लो वर्ष भारतमा स्टार्कले ५० भन्दा माथिको औसतमा रन जोडेका थिए ।

तल्लो क्रममा राम्रो ब्याटिङ गर्न सक्ने स्टार्क भारतका लागि घातक साबित हुन सक्ने छन् । केहि महिना अघि इंग्ल्यान्ड भ्रमणमा पनि भारतले तल्लो क्रमका ब्याटम्यानलाई आउट गर्न नसक्दा सिरीज गुमाउनु परेको थियो । इंग्ल्यान्डमा साम करन, क्रिस वोक्स, जस बटलरले तल्लो क्रममा राम्रो ब्याटिङ गर्दै भारतीय बलरलाई निराश पारेका थिए ।

हार्दिक पान्ड्याको अभाव

यस पटक भारतीय टोलीमा हार्दिक पान्ड्याको अभाव खड्कन सक्ने छ । एसिया कपमा घाइते भएका पान्ड्या दुई महिना भन्दा बढि समय देखि टिम बाहिर रहेका छन् ।

जस्को कारण भारतीय टिममा अलराउण्डरको भूमिका निर्वाह गर्ने खेलाडीको अभाव छ । टिममा अलराउण्डर खेलाडीको प्रर्दशन महत्वपूर्ण हुने गर्दछ । हनुमा विहारीलाई टिममा राखे पनि उनी प्लेङ ११ मा पर्ने टुंगो छैन । बलिङ र ब्याटिङ दुवै उत्कृष्ट प्रर्दशन गर्ने पान्ड्या भारतीय टिमा हुँदा सन्तुलन थियो ।

September 23, 2024

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

September 22, 2024

गुलशन आउटपछि थप संकटमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ । गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ […]

Success

Thank you for your time.