6 years ago
December 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ बाट सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि साविक विजेता टोली विराटनगर वारिसर्यले आफ्ना ४ विदेशी खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो । सार्वजनिक गरेको विदेशी खेलाडीमा हङकङका पूर्वकप्तान बाबर हायत,नेदरल्यान्डका पाउल भेन म्याकेरन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डि मार्वे र भारतका स्मित पटेलको नाम सार्वजनिक गरेको छ । त्यस्तै प्रशिक्षकको रुपमा उमेर पटवाललाई नियक्त गरेको जनाएको छ ।
३३ वर्षिय रोलोफले दक्षिण अफ्रिकाबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । रोलोफले वान डे र टी– २० खेल दक्षिण अफ्रिकाबाट सन् २००९ मा अस्ट्रेलियाबीरुद्ध डेब्यु गरेका थिए । रोलोफ नेदरल्यान्डस्का भरपर्दा अनुभवी खेलाडी हुन् । त्यस्तै आईपीएलमा दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्चर बेङ्लोरबाट पनि खेली सकेको अनुभव उनमा रहेको छ ।
उनले १३, वान डे, २५ टी–२० अन्तर्राष्ट्रिय, १ सय ७३ लिष्ट ए साथै १ सय ८९ टी–२० खेल खेलेका छन् । वान डेमा कुल ३९ रन बनाउनुको साथै १७ विकेट लिएका छन् । त्यस्तै १ सय ८९ टी–२० खेलमा उनले २१०९ रन बनाउँनुको साथै १ सय ७४ विकेट हात पारि सकेका छन् ।
त्यस्तै नेदरल्यान्डका पाउल भेन बलिङ अलराउण्डर हुन् । मध्य गतिमा गतीमा बलिङ गर्ने २५ वर्षिय पाउलले नेदरल्यान्ड्सबाट ४ वान डे,२३ टी–२० र ४४ लिष्ट ए खेल खेलेका छन् । उनले वान डे मा २, टी–२० मा २० र लिष्ट ए मा ४२ विकेट लिएका छन् । त्यस्तै हङकङका कप्तान बाबर अघिल्लो वर्ष पनि विराटनगरबाटै खेलेका थिए ।
पटेलले गुजरात इन्डियाबाट खेल्ने गर्दछन। एक महिना अघि पोखरा लिग प्रिमियर (पीपीएल) मा चितवनबाटै पारसकै टिमबाट खेलेका थिए । विराटनगरले पहिलो खेल मंसिर २२ मा ललितपुरसँग खेल्दै प्रतियोगिताको सूरुवात गर्ने छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]