6 years ago
December 3, 2018
एजेन्सी- वेस्ट इन्डिजका ओपनर तथा विश्फोटक ब्याट्सम्यान क्रिस गेलले महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका छन् । अष्ट्रेलिया अदालतले सोमबार गेलको पक्षमा अन्तिम फैसला गरेको छ ।
यस फैसलासँगै अदालतले गेललाई आरोप लगाउने फेयरफ्याक्स मिडियालाई ३ लाख डलर क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । उक्त मिडियाले सन् २०१५ मा एक महिलालाई उदृत गर्दै २०१५ को विश्वकपका बेला सिड्नीमा मालिशिया नामकी महिलाअगाडि कपडा खोलेको गम्भीर आरोप लगाएको थियो ।
फेयर फ्याक्स मिडियाले यसै विषयलाई लिएर निरन्तर समचार सम्पेषण गरेपछि गेलले सन् २०१६ उक्त मिडियाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । यता फेयरफ्याक्स मिडियाले भने अदालतको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]