default_image

6 years ago

December 1, 2018

सेन्चुरी बैंकलाई कर्पोरेट क्रिकेट उपाधि

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रायोजक सेन्चुरी बैंकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेसको पाँचौ संस्करणको उपाधि जितेको छ । फाइनलमा सेन्चुरीले एनआइसी एसिया बैंकलाई ३ विकेटले पराजित गर्यो ।

टस जितेर ब्याटिङ रोजेको एनआइसीले ५ ओभरमा बिना विकेट क्षति ७६ रन जोडेको थियो । सन्दीप कार्कीले १२ बलमा ३१ रन जोड्दा सन्जोग शर्माले २४ र समिर क्षेत्रीले १४ रनको योगदान दिए ।

जवाफमा सेन्चुरीले ३ विकेट गुमाउँदै अन्तिम बलमा लक्ष्य प्राप्त गर्यो । सुवास शर्माले ८ बलमा २१ तथा विष्णु तिवारीले ७ बलमा १९ रन जोडेपछि सेन्चुरी विजयी भयो । खेलको म्यान अफ द म्याच विष्णु तिवारी भए ।

प्रतियोगिताको फेयर प्ले टोली जनता बैंक घोषित भयो । उत्कृष्ट विकेकिपर सेन्चुरीका सुवास शर्मा, सर्वाधिक छक्का सेन्चुरीका सुरज तिमल्सिना, उत्कृष्ट फिल्डर सनराइज बैंकका केदार सिंह, उत्कृष्ट ब्याट्सम्यान सुबिसुका रोजंस प्रधान, उत्कृष्ट बलर एनआइसी एसियाका सुमित श्रेष्ठ र प्लेयर अफ द सिरिज सेन्चुरीका सुरज तिमल्सिना भए ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.