default_image

6 years ago

November 30, 2018

बेरस्टोको अपत्यारिलो ब्याटिङसँगै सन्दीपको टोली विजयी

74 views

0 Bookmark

यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खराब प्रदर्शनका बाबजुद केराला नाइट्सले शानदार जित दर्ता गरेको छ । १ सय २४ रनको विशाल लक्ष्य पछ्याएको केरालाले बेंगाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको हो ।

केरालाका लागि इंग्लिस ब्याट्सम्यान जोनी बेरस्टोले अपत्यारिलो इनिङस खेलेपछि ८ बल बाँकी छँदै केरलाले १ सय २६ रन जोडेर विजयी भयो । बेरस्टोले २४ बलमा ६ चौका र ८ छक्कासहित ८४ रन प्रहार गर्दै नटआउट रहे । टोलीको स्कोर १२ रन छँदा क्रिजमा आएका बेरस्टोले आक्रामक ब्याटिङ गर्दै ३ सय ५० को स्ट्राइक रेटमा खेले ।

फाबियन एलनले नट आउट ११ रन जोडेर बेरस्टोलाई साथ दिए । क्रिस गेल १९ रन, पल स्टरलिङ १० रन तथा कप्तान ओइन मोर्गन पहिलो बलमा नै पेभेलियन फर्किएका थिए । बेंगालका लागि मोहमद नाबीले २ तथा सुनिल नारायणले १ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको किंगसले सन्दीपलाई दोस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरमा सन्दीपलाई सुनिल नारायणले दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरे । त्यस्तै अन्तिम बलमा पनि नारायणले छक्का प्रहार गरेपछि पहिलो ओभरमै सन्दीपले २० रन खर्चिए । अन्य तीन बल डट गराउँदा दुई वाइड फाले । पहिलो ओभरमै महँगो सावित भएपछि कप्तान इयोन मोर्गनले सन्दीपलाई दोस्रो ओभर बलिङ गर्न दिएनन् । योसँगै सन्दीप पछिल्ला तीन खेलमा विकेट विहिन पनि बनेका छन् ।

टाइगर्सले किंगसलाई १ सय २४ रनको लक्ष्य दिएको थियो । टाइगर्सले ओपनर सुनिल नारायणको विश्फोटक ब्याटिङको मद्धतमा १० ओभरमा ५ विकेटको क्षतिमा १ सय २३ रन बनायो । सुनिलले २५ बलमा समान ४ छक्का र चौका प्रहार गर्दै ५२ रनमा आउट भए । त्यस्तै रदरफोर्डले १७ बलमा ४ चौका र ३ छक्का प्रहार ३९ मा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

किंगसका लागि बेनी होवेल र वेन पार्नेलले उत्कृष्ट बलिङ गरे । उनले २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै वेनले २ ओभरमा ३१ रन खर्चेर २ विकेट हात पारे ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.