6 years ago
November 30, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने बंगाल टाइगर्सबीरुद्ध पनि खराब प्रर्दशन गरेका छन् ।
शारजाह क्रिकेट मैदानमा टस जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको किंगसले सन्दीपलाई दोस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । उक्त ओभरमा सन्दीपलाई सुनिल नारायणले दोस्रो र तेस्रो बलमा लगातार छक्का प्रहार गरे । त्यस्तै अन्तिम बलमा पनि नारायणले छक्का प्रहार गरेपछि पहिलो ओभरमै सन्दीपले २० रन खर्चिए । अन्य तीन बल डट गराउँदा दुई वाइड फाले । पहिलो ओभरमै महँगो सावित भएपछि कप्तान इयोन मोर्गनले सन्दीपलाई दोस्रो ओभर बलिङ गर्न दिएनन् । योसँगै सन्दीप पछिल्ला तीन खेलमा विकेट विहिन पनि बनेका छन् ।
टाइगर्सले किंगसलाई १ सय २४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको टाइगर्सले ओपनर सुनिल नारायणको विश्फोटक ब्याटिङको मद्धतमा १० ओभरमा ५ विकेटको क्षतिमा १ सय २३ रन बनायो । सुनिलले २५ बलमा समान ४ छक्का र चौका प्रहार गर्दै ५२ रनमा आउट भए । त्यस्तै रदरफोर्डले १७ बलमा ४ चौका र ३ छक्का प्रहार ३९ मा आउट भए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
किंगसका लागि बेनी होवेल र वेन पार्नेलले उत्कृष्ट बलिङ गरे । उनले २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै वेनले २ ओभरमा ३१ रन खर्चेर २ विकेट हात पारे ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]