6 years ago
November 30, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मेलित केरला नाइट्सले आफ्नो छैटौँ खेल आज बंगाल टाइगर्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा शारजाह क्रिकेट मैदानमा सुरु हुने ।
सन्दीपको टोली केराला नाइट्स ५ खेलमा ३ मा हार १ मा जित का साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । अघिल्लो चरणको संभावना अब अंकगणीतिय झिनो आसा मात्र बाँकी छ । यता टाइगर्स ५ खेलमा ३ मा जित र २ मा हारका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । टाइगर्सको कप्तानी इंग्ल्यान्डका विकेट किपर समेत रहेका साम बिलिंग्सले गर्ने छन् । टाइगर्समा जाहिर खान, मोहम्मद नाबी, मुजिव उर रहमन,सुनिल नारायण, जोसन रोय,मोर्न मोर्केल जस्ता खेलाडी रहेका छन् ।
पछिल्ला दुई खेलमा सन्दीपको खराव प्रर्दशन
सन्दीपले सुरुवाती ३ खेलमा ६ विकेट लिदै टी–१० मा उत्कृष्ट प्रर्दशन गरे । तर पछिल्ला दुई खेलमा सन्दीप विकेट विहीन हुनुका साथै महँगो सावित भएका छन् । पाँचौ खेलमा नर्थन वारियर्सबीरुद्ध सन्दीपले संभवत करियरकै खराव प्रर्दशन गर्न पुगे । वारियर्सबीरुद्ध सन्दीपले २ ओभरमा ४७ रन खर्चेए । जस्मा ७ छक्का सामेल थियो ।
चौथो खेलमा पञ्जावी लिजेन्ड्सबीरुद्ध पनि सन्दीपको खराव प्रर्दशन रह्यो । सन्दीपले उक्त खेलमा २ ओभरमा २८ रन खर्चिदा कुनै विकेट हात पार्न सकेनन् । त्यस अघि पहिलो खेलमा पख्तुन्सविरुद्ध २ ओभरमा ३ विकेट लिदैँ ‘म्यान अफ द म्याच’ चुनिए । दोस्रो खेलमा सिन्धिसविरुद्ध २ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारेका सन्दीपले तेस्रो खेलमा राजपुत्सबीरुद्ध २ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए ।
पछिल्लो दुई खेलमा खराव प्रर्दशनसँगै विकेट विहिन बनेका सन्दीपले आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै पुरानै लयमा फर्किने आशा गरिएको छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]