6 years ago
November 29, 2018
यूएई(एजेन्सी) – यूएईमा जारी टी–१० लिगको १९ औँ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्रतिनिधित्व गरि रहेको केरला किंग्सले आज नर्थन वारियर्ससँग आफ्नो पाँचौ खेल खेल्दै छ ।
खेल नेपाली समय अनुसार बेलुका ५ः १५ बाट शारजाह क्रिकेट मैदानमा सुरु हुने छ । चार खेलमा १ मा जित र दुईमा हारका साथ पुछारबाट दोस्रो स्थानमा रहेको केरलाले अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । वारियर्सले ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ ।
जारी टी–१० लिगमा सन्दीपले ४ खेलमा ८ ओभर बलिङ गर्दै १०.२५ को इकोनमीका रन खर्चेर ६ विकेट लिएका छन् । पहिलो खेलमा पख्तुन्सविरुद्ध २ ओभरमा ३ विकेट लिदैँ ‘म्यान अफ द म्याच’ चुनिएका सन्दीपले दोस्रो खेलमा सिन्धिसविरुद्ध २ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारे । त्यस्तै तेस्रो खेलमा राजपुत्सबीरुद्ध २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । तर चौथो खेलमा पन्जाब लेजेन्ड्सबीरुद्ध अलि महँगो सावित भएका सन्दीपले २ ओभरमा २८ रन खर्चिदा कुनै विकेट हात पार्न सकेनन् ।
सन्दीप सर्वाधिक विकेट लिने बलरमा सूचिमा पाँचौ स्थानमा रहेका छन् । क्रिस जोर्डन ८ विकेट लिदै पहिलो र जाहिर खान समान विकेटमा दोस्रो स्थानमा रहेका छन् । सन्दीपले आजको खेलमा २ भन्दा बढि विकेट लिन सके शिर्ष स्थानमा उक्लिने छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]