6 years ago
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एनआइसी एसिया बैंकले राजधानीमा जारी पाँचौ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा दोहोरो जित निकालेको छ ।
कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा दोहोरो जित निकाल्ने क्रममा एनआइसीले नेपाल लाइफ इन्स्योरेन्सलाई १० रनले तथा दोस्रो खेलमा भारतीय दुताबासलाई ४ विकेटले पराजित गरेको हो । दोहोरो जितसँगै एनआइसी एसिया समूह ‘एच’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबारै भएको खेलमा समूह ‘जी’ मा रहेको जनता बैंकले आइसिएफसी फाइनान्सलाई ५ विकेटले पराजित गर्दा एनसिसी बैंकमाथि ५ विकेटकै जित निकाल्यो । समूह ‘एफ’ मा रहेको मेगा बैंक पहिलो खेलमा एसबिआई बैंकसँग ३० रनले पराजित भएपनि दोस्रो खेलमा मेगाले आइएमई ग्रुपमाथि २२ रनको जित निकाल्यो ।
एनएमबी बैंकले कुमारी बैंकमाथि १२ रनको जित निकाल्यो । नेपाल टेलिकमले सनराइज बैंकमाथि ४ रनको रोमाञ्चक जित निकाल्यो । यस्तै नबिल बैंकले सूर्य नेपालमाथि ५ विकेटको जित निकाल्यो ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]