9 years ago
March 25, 2016
काठमाडौं, चैत १२
नेपालले नामिबियाविरुद्ध खेल्ने विश्व क्रिकेट लिगका लागि २५ सदस्यीय खेलाडी छनोट गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)– एसियाका प्रमुख विकास अधिकृत भेन्कत्पथी राजु, प्रशिक्षक जगत टमाटा र खेलाडी पारस खड्का रहेको तीन सदस्यीय स्वतन्त्र छनोट समितिले २५ सदस्यीय खेलाडी टोलीको नामवली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
४० खेलाडीबाट २५ खेलाडीको छनोट गरिएको प्रशिक्षक टमाटाले जनाएका छन् । अन्तिममा ४ वैकल्पिकसहित १८ खेलाडीको छनोट गरिने बताइएको छ । छनोट भएका खेलाडीहरुमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्तिप्रसाद गौचन, सोमपाल कामी, बसन्त रेग्मी, सागर पुन, विक्रम सोब, सुवास खकुरेल, करण केसी, नरेश बुढा ऐर, सिद्धान्त लोहनी, सन्दिप लामिछाने, अनिलकुमार मण्डल तथा सुनिल धमला रहेका छन् । अन्य खेलाडीमा दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, प्रेम तामाङ, सुशन भारी, मन्जित श्रेष्ठ, अभिनास कर्ण, आरिफ शैख, राजेश पुलामी मगर, प्रदीप ऐरी तथा विनोद भण्डारी छन् ।
विश्व क्रिकेट लिगअन्तर्गत पहिलो खेल अप्रिल १६ र दोश्रो खेल अप्रिल १८ तारिखमा हुनेछ । दुवै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]