6 years ago
November 27, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स चौथो खेलमा पन्जाब लेजेन्ड्ससँग ३६ रनले पराजित भएको छ । पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन् ।
पञ्जावी लिजेन्ड्सविरुद्ध खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चे । दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए । उनको पहिलो बलमा छक्का प्रहार गरेका अकमलले त्यसै ओभरमा तीन चौका पनि प्रहार गरे ।
छैटौं ओभरमा व्यक्तिगत दोस्रो ओभर गरेका सन्दीपले दुइ चौकाको सामना गरे । पहिलो खेलमा तीन, दोस्रोमा एक तथा पछिल्लो खेलमा दुई विकेट लिएका सन्दीपले पन्जाबसँग भने विकेट लिन सकेनन् ।
सन्दीपको टोली करेला नाइट्सले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित १० ओभरमा पन्जाबले ५ विकेट गुमाउँदै १ सय ७ रन बनायो । पन्जाबका लागि अकमलले सर्वाधिक ३० रन जोडे ।
जवाफमा केरालाको लागि अोपनर क्रिस गेल बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । केरालाले नवौं अोभरमा अलअाउट हुनुअघि ७१ रन मात्र बनाउन सक्यो । गेलले १९ बलमा ३५ रनको योगदान दिए । सन्दीप १ रनमा नटअाउट रहे । पन्जाबका लागि म्यान अफ दि म्याच हसन खानले ४ तथा प्रविण कुमारले ३ विकेट लिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]