9 years ago
March 25, 2016
धनगढी, चैत १२ सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ अन्तर्गत आज शुक्रबार भएको फाईनल खेल अघिको साक्षात्कारमा दुवै फाईनलमा भिड्ने सिवाइसी अत्तरिया र टीम चौराहाले उपाधी जसले जिते पनि क्रिकेटको जित हुने प्रतिक्रिया दिएका छन् ।
अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको पत्रकार सम्मेलनमा दुवै टीमका सञ्चालक तथा टीम कप्तानहरुले नेपाली क्रिकेटमा पहिलोपटक अक्सनमा आधारित रही गरिएको प्रतियोगितामा आफुहरुको टोली फाईनलमा पुगेकोमा खुशी ब्यक्त गर्दै उपाधि जितेपनि आफुहरु खुशी हुने बताए ।
खेलमा जित हार हुन्छ नै फाईनलिष्ट टीम चौराहाका सञ्चालक राजकुमार श्रेष्ठले भने उपाधी रक्षाका लागि हामी तम्तयार छौ । हाम्रा खेलाडीहरु राम्रा लयमा छन्, त्यसैले पनि हामीलाई केही विश्वास बढेको छ, उनले भने ।
त्यस्तै अर्को फाईनलिष्ट टिम सिवाईसी अत्तरियाका सञ्चालक नर बहादुर राईले टीमले फाईनलसम्मको यात्रा तय गरेकोमा खुशी ब्यक्त गर्दैै आफुहरु ईतिहास रच्न तयारी अवस्थामा रहेको जनाए । खेलमा जित हार सामान्य हो तर पनि नेपाली क्रिकेटमा यो प्रतियोगिता विशेष भएकाले यसको उपाधीका लागि हामी संघर्षरत छौ उनले भने ।
दुवै टीमका कप्तानहरुले पनि आफ्ना खेलाडीहरु फाईनल खेल्न आतुर रहेको बताएका छन् ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]