6 years ago
November 26, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन्।
पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चेका छन्। दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए। उनको पहिलो बलमा छक्का प्रहार गरेका अकमलले त्यसै ओभरमा तीन चौका पनि प्रहार गरे। छैठौ ओभरमा व्यक्तिगत दोस्रो ओभर गरेका सन्दीपले दुइ चौकाको सामना गरे। पहिलो खेलमा तीन, दोस्रोमा एक तथा पछिल्लो खेलमा दुई विकेट लिएका सन्दीपले आज भने विकेट लिन सकेनन्।
सन्दीपको टोली करेला नाइट्सले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको थियो। निर्धारित १० ओभरमा पन्जाबले ५ विकेट गुमाउँदै १ सय ७ रन बनायो। अकमलले सर्वाधिक ३० रन जोडे।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]