default_image

6 years ago

November 26, 2018

नबिल र सूर्य नेपाल प्रि– क्वाटरफाइनलमा

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नबिल बैंक र सूर्य नेपाल प्राइभेट लिमिटेड राजधानीमा सोमबारबाट शुरु भएको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा नबिल बैंकले ओम डेभलभमेन्ट बैंकलाई ४४ रनले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । ओमलाई ८ रनले पराजित गरेको सुर्य नेपालले अन्तिम १६ मा स्थान बनायो । दुई हार बेहोरेको ओम प्रतियोगिताको समूह चरणबाटै बाहिरियो ।

प्रतियोगिताका अन्य खेलमा अन्नपुर्ण मिडिया र सुबिसुले समेत ई सेवालाई पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान बनाए । समुह डीको खेलमा अन्नपुर्ण र सुबिसुले समान २ अंक जोडे । अंक विहिन हुँदै ई–सेवा प्रतियोगिताबाट बाहिरियो । अर्को खेलमा सिप्रदीले समुह ईको खेलमा दुई जित निकाल्दै प्रि क्वार्टरफाईनल प्रवेश गरेको छ ।

समुह चरणको खेलमा कुमारी बैंक र एनएमबी बंैकलाई पराजित गर्दै सिप्रदी अन्तिम १६ मा प्रवेश गरेको हो । अन्य खेलमा सनराइजले टाईगर्स ब्रुअरी, समूह ‘सी’ बाट सेन्चुरीले सिभिल बैंकलाई पराजित ग¥यो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.