6 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन (एमएम) कप एक दिवसिय क्रिकेट प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । शान्ति दिप नेपालको आयोजनामा पुस २१ गते देखि माघ ७ गतेसम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बताइएको छ ।
७ प्रदेश, ३ विभागिय, १ स्थानिय र एक पहुना टोलीको सहभागिता प्रतियोगिताका संयोजक विप्लप घोषले बताए । प्रतियोगिताको विजेताले ४ लाख १ हजार , दोस्रो हुने टोलीले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल पुग्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी ५१ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २० हजार एक सय पाउनेछन् । उत्कृष्ट अनुशासित टिमले १५ हजार र उदयमान खेलाडीले १० हजार रुपैयाँ पप्त गर्नेछ । इनरुवा रंगशालामा हुने प्रतियोगितामा झन्डै ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
चाँडै नै दुई दिवसिय खेल आयोजना गर्नेछौं – विष्ट
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नेपाली क्रिकेट टिमको ब्याटिङ सुधारका लागि चाँडै दुई दिवसिय क्रिकेट आयोजना गर्ने बताएका छन् । दुई दिवसिय क्रिकेटको मिति भने तय भइनसकेको बताएका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]