default_image

6 years ago

November 26, 2018

एसोसिएट स्टार टेन डोस्काटेले भैरहवाबाट खेल्ने

99 views

0 Bookmark

काठमाडौँ – मंसिर २२ देखी सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि गत वर्षको उप विजेता टोली भैरहवा ग्लाडियटर्सले आफ्ना तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

भैरहवाले प्रेस विज्ञप्ति मार्फत नेदरल्यान्डका ब्याटिङ अलराउण्डर रायन टेन डोस्काटे,यूईका तिब्र गतिका बलर मोहम्मद नाविद र भारतीय ब्याट्सम्यान रविइन्द्रर सिंहलाई टोलीमा भित्र्याएको छ । रायन नेदरल्यान्डका भरपर्दा तथा अनुभवी ब्याटिङ अलराउण्डर हुन् उनले ३३ वान डे,१० टी–२० अन्तर्राष्ट्रिय,१ सय ७४ प्रथम श्रेणी र २ सय १९ लिष्ट ‘ए’ खेल खेलेका छन् । त्यस्तै आईपीएलमा कोलकता नाइटराइड्सबाट पनि खेलि सकेका छन् । ३३ वान डेमा ५ शतक, ९ अर्धशतक प्रहार गर्दै कुल १५ सय ४१ रन बनाएका छन् ।

रायनले टी–२० क्रिकेटमा ४२.०० को औसतमा रन बनाएका उनले कुल २ सय ५२ रन जोडेका छन् । जस्मा उनको स्ट्राइक रेट १ सय ३० भन्दा माथि रहेको छ । प्रथम श्रेणीको खेलमा कुल १० हजार २ सय ८३ रन बनाएका उनले २७ शतक र ४८ अर्ध शतक प्रहार गरेका छन् । वेस्ट स्कोर २ सय ५९ नट आउट रहेको छ । लिष्ट ‘ए’ मा कुल ११ शतक र ३० अर्ध शतक बनाएका उनले कुल ५८२६ रन जोडेका छन् । वान डे मा ५५, टी–२० मा १२, प्रथम श्रेणीमा २ सय १२ र लिष्ट ए मा १ सय ७३ विकेट लिएका छन् ।

त्यस्तै एक महिना अघि शरदकै कप्तानीमा नाविद पोखरा पल्टनबाट पीपीएल खेलेका थिए । नाविदले पीपीएलमा पोखरालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले ५ खेलमा ७ विकेट लिनुको साथै ८३ रन प्रहार गरेका थिए । रविइन्दर सिंह पीपीएलमा पोखराबाटनै खेलेका थिए । पीपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका सिहंले फाइनल खेलमा चितवनलाई हराउन ९० रनको उत्कृष्ट इनिङ खेलेका थिए । सिंहले पीपीएलमा ६ खेलमा २ सय ६० बनाएका थिए । जस्मा २ अर्ध शतक २८ चौका र १२ छक्का सामेल रहेको थियो ।

भैरहवाकप्तान शरद भेषावकरसँगै आरिफ शेख, प्रदिप ऐरि, भुवन कार्की, रोहित कुमार पौडेल, कृष्ण कार्की, हरिशंकर शाह जस्ता खेलाडीहरु रहेका छन् । भैरहवाले यस अभिनाश बोहोरालाई रिलिज गरेको छ । मंसिर २३ मा पोखरा राइनोजसँग खेल्दै भैरहवा ग्याडिएटर्सले ईपीएलमा सुरुवात गर्ने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.