6 years ago
November 26, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) आइतबार सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र रहेका छन् ।
नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का,सोमपाल कामी र वसन्त रेग्मी शिर्ष १०० भित्र अटाएका छन् । ब्याटिङ तर्फ पारस दुइ स्थान तल झर्दै ९५ औँ स्थानमा पुगेका छन् । त्यस्तै टी–२० क्रिकेटको बलिङतर्फ सोमपाल कामी एक स्थान सुधार गर्दै ९३ औँ स्थानमा छन् ।
वसन्त रेग्मी ७५ औँ स्थानमा यथावत रहेका छन् । टी– २० क्रिकेटको अलराउण्डर तर्फ पारस ४१ र सोमपाल कामी ६४ औँ स्थानमा यथावत रहेका छन् । नयाँ टी–२० वरियतामा ब्याटिङ तर्फ वावर आजम,बलिङमा रासिद र अलराउण्डरमा ग्लेन म्याक्सवेल शिर्ष स्थानमा रहेका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]