default_image

6 years ago

November 25, 2018

नेपाल, भारत र श्रीलंकाका क्लबबीच क्रिकेट श्रृखंला हुने

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, भारत र श्रीलंकाका क्लबबीच प्राइम टाइम्स टि ट्वान्टी त्रिकोणात्मक क्रिकेट श्रृखंला आयोजना हुने भएको छ । महाकाली स्पोर्टस सोसाइटी, नेपालय इन्टरनेसल इभेन्ट म्यानेजमेन्टको आयोजना र प्राइम टाइम्स टेलिभिजनको प्रायोजनमा क्रिकेट श्रृखंला आयोजना गरिन लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता माघ १ गतेदेखि १० गते सम्म हुनेछ । नेपाली क्रिकेटको विकास र तीन देशबीचको सम्बन्ध अझै मजबुत बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताइएको छ । महाकाली स्पोट्र्स सोसाईटीका अध्यक्ष समुन भट्टले नेपालको आधिकारिक संस्था नेपाल क्रिकेट संघ ( क्यान) निलम्बनमा रहेपनि क्रिकेटको गतिविधि नरोकियोस भन्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

नेपाली क्लब नेपाल राईनोजको नेतृत्व मञ्जित श्रेष्ठले गर्ने बताइएको छ । नेपाली क्लबको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । दिनेश कुमारको कप्तानीमा भारतीय क्लब सि डब्लू टीले तथा सानुख धनन्जयको कप्तानीमा श्रीलंकाली कन्दुदार क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

नेपालय इन्टरसनेका प्रबन्ध निर्देशक सुवास प्रधानले प्रतियोगितामा झन्डै ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताएका छन् । यद्दपी प्रतियोगिताले प्राप्त गर्ने पुरस्कार राशीको भने टुंगो लागि नसकेको बताइएको छ । टि ट्वान्टीको प्राइम टाइम एचडी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । यसैबीच नेपालय इन्टरनेशनल ईभेन्ट म्यानेजमेन्टका प्रबन्धक निर्देशक सुवास प्रधान र प्राईम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सम्झौता पत्र हस्ताक्षर गरे ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.