6 years ago
November 25, 2018
एजेन्सी – युएईमा जारी टी-१० लिगमा आइतबार जारी खेलमा केराला नाइट्स र राजपुत्सबीच खेल भइरहेको छ । केरालाका लागि नेपाली युवा बलर सन्दीप लामिछानेले मिश्रित प्रदर्शन गरेका छन् ।
वर्षाले खेल रोकिनुअघि पहिलो ब्याटिङ गरेको राजपुत्सले ९ ओभरमा ५ विकेट गुमाउँदै ९४ रन जोडेको छ । लौरी एभान्सले आक्रामक ब्याटिङ गर्दै १९ बलमा नटआउट ३८ रन जोडेपछि राजपुत्सले राम्रो स्कोर खडा गर्यो । राजपुत्सका लागि कप्तान ब्रेन्डन मक्कुलमले १२ बलमा २१ रन जोडे ।
तेस्रो नम्बरमा आएका रुसोले ११ बलमा २१ रनको योगदान दिए । ओपनर मोहमद सहजाद र क्रेग ब्रेथवेटले १-१ रन मात्र जोडे । बेन डंक ८ रनमा आउट भए । केरालाका लागि सन्दीप लामिछाने र फाबियान एलेनले २-२ विकेट लिए । मोहमद नविदले पनि १ विकेट हात पारे ।
टस जितेर फिल्डीङ रोजेको केरालाका लागि सन्दीपले पहिलो ओभर नै बलिङ गर्ने जिम्मेवारी पाएका थिए । उनले राजपुत्सका आक्रामक ओपनर ब्रेन्डन मक्कुलम र मोहमद सहजादविरुद्ध पहिलो ओभर फ्याँकेका थिए । पहिलो ओभरमा उनले विष्फोटक ब्याट्सम्यान मोहमद सहजादको विकेट हात पारेका थिए ।
पहिलो बलमा सहजादले १ रन लिए भने त्यसपछि लगातार दुई बल मक्कुलमले डट बल खाए । त्यसपछि चौथो बलमा मक्कुलम इनसाइड एज लाग्दै एक रन लिन सफल रहेका थिए । चौथो बलमा सहजाद लामो सट प्रहार गर्ने धुनमा लङ अफमा वायन पारनेलको हातबाट समातिए । त्यसपछि क्रिजमा आएका राइली रुसोले पहिलो बलमा नै आक्रामक सट खेल्दा एज लाग्दै चौका भएको थियो । सन्दीपले पहिलो ओभरमा ६ रन खर्चेर १ विकेट लिए ।
सन्दीप केरालाको सातौं ओभरमा बलिङमा फर्केका थिए । उनलाई लौरी एभान्सले सुरुवाती दुई बलमा लगातार छक्का प्रहार गरे । तेस्रो बलमा एभान्सले एक रन लिएपछि चौथो बलमा सन्दीपले क्रेग ब्रेथवेटलाई आउट गरे । ब्रेथवेट लङ अनमा काइरान पोलार्डको हातबाट समातिए । उनले बेन डंकलाई पाँचौ बलमा डट फ्याँके भने अन्तिम बलमा पारनेलले मिस्फिल्ड गरेपछि चौका खाए ।
समग्रमा सन्दीपले २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । यस प्रदर्शनसँगै सन्दीपको प्रतियोगितामा ३ खेलमा ६ विकेट भएको छ । उनी सर्वाधिक विकेट लिने सुचीको शीर्षस्थानमा प्रवीन ताम्बेसँगै रहेका छन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]