6 years ago
November 25, 2018
एजेन्सी- अष्ट्रेलियासँगको अन्तिम तथा तेस्रो टी-२० खेलमा भारत ६ विकेटले विजयी भएको छ । आइतबार सिड्नीमा भएको खेलमा घरेलु टोली अष्ट्रेलिया ६ विकेटले पराजित भएसँगै तीन टी-२० क्रिकेट श्रृंखला १-१ को बराबरीमा सकिएको छ । यसअघि पहिलो खेलमा भारत ४ रनले पराजित हुँदा दोस्रो खेल वर्षाको कारण रद्ध भएको थियो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी लक्ष्य भारतले कप्तान विराट कोहलीको उत्कृष्ट अर्धशतकमा २ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गरेको हो । भारतलाई सहज जिताउन कोहलीले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट रहे । त्यस्तै दिनेश कार्तिकले १८ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २२ रन जोडे ।
ओपनर शिखर धवनले पनि आक्रमक ब्याटिङ गर्दै २२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाउदा रोहित शर्माले २३ र के.एल राहुलले १४ रन बनाउन सके । अष्ट्रेलियाका लागि मिचेल स्टार्क, एडम जम्पा, एन्ड्रयु टाई र ग्लेन म्याक्सवेलले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाउन सक्यो । पहिलो विकेटको लागि कप्तान आरोन फिन्च र डार्सी सर्टले ८.२ ओभरसम्म ६८ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । तर नवौं ओभरको तेस्रो बलमा कुलदिप यादवले कुनाल पाड्याको हातबाट क्याच गराउँदै फिन्चलाई आउट गर्दै भारतलाई पहिलो विकेट दिलाएका थिए । फिन्चले २८ रन बनाए ।
लगत्तै अर्को (९) ओभरको पहिलो बलमा सर्ट र दोस्रो बलमा बेन म्याकडर्मोटलाई क्रुनाल पान्ड्याले लगातार एलबीडब्लुको धराप पार्दै पेभिलिएन फर्काएपछि भारत खेलमा फर्किएको थियो । सर्टले २९ बलमा ५ चौका प्रहार गर्दै ३३ रन आउट भए । विकेट किपर एलेक्स करी २७, क्रिस लिन १३, मार्कस स्टोइनिस २५ र नाथन कुल्टर नाइल १३ रनमा नट आउट रहे ।
पान्ड्याले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट हात पार्दा कुलदिप यादवले एक विकेट आफ्नो नाममा लेखाए । अव भारत र अष्ट्रेलियाबीच चार टेस्ट र ३ वान डे खेल हुने छ । पहिलो टेस्ट डिसेम्बर ६ देखी एडिलेडमा सुरु हुने छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]