default_image

6 years ago

November 25, 2018

टी-१० लिग : सन्दीपको तेस्रो खेल आज

67 views

0 Bookmark

यूएई (एजेन्सी) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले रहेको टिम केरला किंग्सले यूएईमा जारी टी-१० लिगमा तेस्रो खेल आज राजपुतसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार बेलुका ८:१५ बाट शारजाह क्रिकेट मैदान सुरु हुने छ । राजपुतको कप्तानी न्युजिल्यान्डका पुर्व कप्तान बे्रन्डन मैकुलमले गर्ने छन् । राजपुतमा मैकुलम सहित टीमल मिल्स,रोहन मुुस्तफा, पिटर ट्रेगो जस्ता खेलाडी रहेका छन् ।

पहिलो खेलमा पख्तुन्सबीरुद्ध सन्दीपले २ ओभरमा ३ विकेट लिदैँ म्यान अफ द म्याच भएका थिए । जुन खेलमा केरला ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा सिन्धिससँग केरला ९ विकेटको फराकिलो हार ब्योहोरेको थियो । सन्दीपले भने २ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका थिए ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.