6 years ago
November 24, 2018
एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा विष्फोटक ब्याटम्यान शाहिद अफ्रिदीले विराटले कप्तानी गुण अझै सिक्न आवश्यक रहेको बताएका छन् ।
भारतीय क्रिकेट टोली अहिले अस्ट्रेलिया भ्रमणमा रहेको छ । भारत समान तीन वान डे,टी-२० र चार टेस्टको लागि अस्ट्रेलिया भ्रमणमा रहेको हो । यसैक्रममा एनडीटिभीसँग कुरा गर्दै अफ्रिदिले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘खेलाडीको रुपमा विराट राम्रा खेलाडी हुन् तर कप्तानको रुपमा उनले धेरै सिक्न आवश्यक छ । मेरा लागि विराट भन्दै धोनी नै सर्वोउत्कृष्ट र सफल कप्तान हुन् ।’
यस पटक टी-२० र वान डे टोलीमा विकेट किपर तथा पुर्व कप्तान महेन्द्र सिंह धोनीलाई टोलीमा समावेश गरिएको छैन । ढल्किदो उमेरसँगै खस्किदो प्रर्दशनको कारण धोनीलाई भारतीय टिम छनौटकर्ताले बाहिर राखेका हुन् । टेस्टबाट धोनीले सन्न्यास लिई सकेका छन् । भारतले अस्ट्रेलियासँग सुरुबाती दुई-टी २० खेल खेलि सकेको छ । पहिलो खेलमा ४ रनले पराजित हुँदा दोस्रो खेल वर्षाले रद्द भयो ।
बल टेम्परिङ काण्डका कारण स्टिभ स्मिथ र डेविड वार्नर जस्ता मुख्य खेलाडी नहुँदा ४० वर्ष यताकै खराव प्रर्दशन गरि रहेको अस्ट्रेलियासँग पहिलो खेलमा पराजित भएसँगै विराट कोहलीको कप्तानीमाथि प्रश्न उठ्न थालेको छ । भारतले तेस्रो तथा अन्तिम टी-२० खेल आइतबार खेल्ने छ । दोस्रो खेल वर्षाको कारण रद्द भएसँगै भारतले अव टी-२० श्रृंखला जित्न सक्ने छैन । अन्तिम खेलमा पराजित भए २-o ले गुमाउने छ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]