6 years ago
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले शनिबार टीयू मैदानमा भएको च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ ।
पहिलो ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । जवाफमा जोन्टी ११ ले अन्तिम ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । पारस ११ टोलीमा कप्तान पारस खड्कासँगै चिर परिचित कमेडीयन सन्दीप क्षेत्री पनि खेलेका थिए । सन्दीपले खेलमा बलिङ, ब्याटिङ र फिल्डीङ तीनै पक्षमा रमाइलो प्रदर्शन गरेका थिए । पारसको टोलीबाट राष्ट्रिय टोलीका विनोद भण्डारी, आरिफ शेख, आसिफ शेख, ललित सिंह भण्डारी, कमल सिंह ऐरी, लगायतका खेलाडी खेलेका थिए ।
जोन्टी ११ बाट कप्तान रोड्ससँगै अभिनेता सुनील थापा, प्रशिक्षक मन्जुर आलम खान, दीपेन्द्र चौधरी, राष्ट्रिय टोलीका अनिल कुमार साह, सुवास खकुरेल, लगायत आयोजक टोलीका सदस्यले प्रतिस्पर्धा गरेका थिए । रोड्स ‘राइज अफ द क्रिकेटिङ’ हाइ पर्फर्मेन्स क्याम्पका लागि पछिल्लो दुई सातादेखि नेपालमा छन् । कार्यक्रमको नेपाल क्रिकेट स्कुल (एनसीएस) र स्पोर्ट्स एडले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
दुई साता लामो बसाईमा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा क्रिकेटर तथा खुला आवेदनमार्फत दर्ता भएकालाई प्रशिक्षण दिइरहेका छन् । आयोजकले शनिबार विश्व अटिजम दिवसको अवसरमा च्यारिटी खेलको आयोजना गर्ने कार्यक्रम राखेको छ । अटिजम केयर नेपाल सोसाइटीको कास्की जिल्ला च्याप्टरको सहयोगार्थ भएको खेलमा दर्शकहरुको लागि भने प्रवेश नि:शुल्क रहेको थियो ।
खेलको केहि तस्बिरहरु :
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]