default_image

6 years ago

November 24, 2018

आईपीएलको अक्सन १८ डिसेम्बरमा !

40 views

0 Bookmark

जयपुर (एजेन्सी) – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सन डिसेम्बर १८ मा जयपुरमा हुने भएको छ । इन्डिया टिभीका अनुसार अक्सनमा मात्र ७० खेलाडी हुने छन् ।

अक्सनमा ५० भारतीय र २० विदेशी खेलाडी सहभागी हुने बताइएको छ । स्टार स्पोर्टस्का अनुसार बिसीसीआईले आधिकारीक रुपमा अक्सन सम्बन्धी कुनै खबर नदिएपनि फेन्चाईज ८ टिमलाई यस सम्वन्धी जानकारी दिई सकेको छ । त्यस्तै सन् २०१९ मा हुने आइपीएल भारतमा हुने वा भारत बाहिर हुने भन्ने अझै अन्यौल रहेको इन्डिया टिभीले जनाएको छ ।

भारतमा हुन लागेको आम चुनावको कारण आईपीएल भारतमा नहुने उच्च संभावना रहेको छ । इन्डिया टिभीका अनुसार फेन्चाइज टीमले दक्षिण अफ्रिका हुनु पर्ने तर्क राखेका छन् भने बिसीसीआईले यूएईमा गर्ने साचेमा रहेको बताएको छ । यी दुवै देशमा यस अघि आईपीएल भई सकेको छ ।

मार्च २९ बाट सुरु हुने भनिएको आईपीएल वान डे विश्वकपको कारण केहि समय अघिबाट पनि हुन सक्ने उच्च संभावना रहेको इन्डिया टिभीले जनाएको छ ।

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

September 22, 2024

गुलशन आउटपछि थप संकटमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ । गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ […]

September 22, 2024

क्यानडाविरुद्ध ब्याटिङमा संघर्ष गर्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउँदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन […]

Success

Thank you for your time.