default_image

6 years ago

November 23, 2018

कोहलीले तोड्न नसक्ने सचिनका ५ विश्व रेकर्ड

37 views

0 Bookmark

एजेन्सी – सचिन तेन्दुलकरको नाम मात्रै विश्व क्रिकेट जगतमा उनको परिचय दिन काफी छ । भारतको पूर्व कप्तान समेत रहिसकेका सचिनबारे जति व्याख्या विश्लेषण गरेपनि सबै शब्द कम हुन्छन् । क्रिकेटबारे थोरै जिज्ञासा र रुचि राख्ने जो कोहिले पनि सचिनलाई चिन्ने नै भए, क्रिकेटमा रुची नै नभएकाले पनि सचिनको नाम सुनेका हुन्छन् ।

विश्व क्रिकेटमा सचिन ‘लिटिल मास्टर‘ र भारतमा क्रिकेटका भगवानको रुपमा चिनिन्छन् । सचिनले क्रिकेटमा थुप्रै विश्व रेकर्ड बनाएका छन् । तर सबै रेकर्ड सधैंभर एउटा खेलाडीको नाममा रहिरहन्छ भन्ने हुँदैन । सचिनले बनाएका थुप्रै रेकर्ड तोडिएका पनि छन् । केहि तोडिन सक्ने अवस्थाका छन् । पछिल्लो समय विश्व क्रिकेटमा विराट कोहलीले दवदवा कायम गरेका छन् ।

भारतीय क्रिकेट टोलीको कप्तानी सम्हालिरहेका कोहलीले द्रुत गतिमा रन जोडिरहेका छन् । एक महिना अघि विराटले सचिनको नाममा रहेको सर्वाधिक छिटो १० हजार रन बनाउने रेकर्ड तोडे । जुन रेकर्ड विराटले सचिनले भन्दा ५३ खेल अगाडी नै आफ्नो नाममा लेखाए । विराटले अहिले जुन गतिमा रन बनाईरहेका छन्, यहि रफ्तार कायम राख्ने हो भने सचिनको नाममा रहेका अन्य विश्व रेकर्ड पनि तोडिने आँकलन गरिएको छ ।

एक प्रकारले विश्व क्रिकेटले अहिले ‘विराट भर्सेस सचिन’ चलिरहेको भान गरिरहेको छ । कोहलीले आफूलाई ‘रन मेशिन‘ को उपनामले परिचय पाएका छन् । तर विराटले जुन गतिमा रन बनाएपनि सचिनले बनाएका यी ५ विश्व रेकर्ड भने तोड्न सक्ने छैनन् :

वान-डे क्रिकेटमा सर्वाधिक रन

virat-kohli

सचिन वान डे क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । आफ्नो वान डे करियरमा उनले ४ सय ६४ खेल खेल्दै १८ हजार ४ सय २६ रन जोड्दै सन्न्यास लिएका थिए । सन् २००८ मा श्रीलंकाविरुद्धको वान डे खेलमा डेब्यू गर्दै भारतीय टोलीमा प्रवेश गरेका कोहली १० वर्षको अवधिमा २ सय १६ खेल खेल्दै  १० हजार दुई सय ३२ रन बनाएका छन् ।

कोहलीले यहि गतिमा रन बनाएपनि सचिनको भन्दा बढि रन बनाउन अझै भारतीय टोलीबाट ७-८ वर्षसम्म निरन्तर रुपमा खेल्नुपर्ने हुन्छ । साथै रनको रफ्तार पनि त्यहि अनुसार बढाउनुपर्छ । तर कोहलीको ढल्कँदो उमेरसँगै लय र प्रर्दशनमा कमी आउँदै जान्छ । टी-२० क्रिकेटमा लामो समय खेल्न टेस्ट हुँदै वानडे क्रिकेटबाट सन्न्यास लिने चलन छ । अझ पछिल्लो समय कोहलीले साना टोलीसँग खेल्दा विश्राम पनि लिंदै आएका छन् । त्यसैले सचिनको यो कीर्तिमान तोड्न निकै कठिन देखिन्छ ।

सर्वाधिक टेस्ट रन

लिटिल मास्टर सचिनले टेस्ट खेलमा कुल १५ हजार ९ सय २१ रन बनाए । सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका कोहलीले ७ वर्षको अवधीमा जम्मा ६ हजार ३ सय ३१ रन जोडेका छन् । सचिन भन्दा विराट झण्डै १० हजार रनले पछि छन् । विराटले अहिलेको गतिमा रन बनाई राखेपनि सचिनको बराबर बनाउन कम्तिमा ९-१० वर्ष लगातार टेस्ट क्रिकेट खेल्नुपर्छ । तर सिमित ओभरको क्रिकेटमा ध्यान दिन विराटले ४-५ वर्षभन्दा बढि टेस्ट खेल्ने सम्भावना निकै कम देखिन्छ । उमेर ३० वर्ष नाघिसकेको अवस्थामा कोहलीले सचिनको यो रेकर्ड पनि तोड्न सक्ने छैनन् ।

सर्वाधिक अन्तर्राष्ट्रिय रन

सचिनले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा कुल ३४ हजार ३ सय ५७ रन बनाएका छन् । टेस्टमा १५ हजार ९ सय २१, वान डे खेलमा १८ हजार ४ सय २६ र टी – २० क्रिकेटमा १० रन सामेल छ ।  तर कोहलीले अन्तर्राष्ट्रिय खेलमा हाल सम्म कुल १८ हजार ६ सय ६४ रन मात्र बनाएका छन् । उनले वान डे मा १० हजार दुई सय ३२ रन, टेस्टमा ६ हजार ३ सय ३१ र टी– २० क्रिकेटमा २ हजार १ सय रन बनाएका छन् । सचिन भन्दा विराट अझै १६ हजार रनले पछि छन् । टेस्ट र वानडे झैं टी-२० क्रिकेटमा रन जोड्न नसकिने हुनाले विराटको लागि सम्भव सचिनको यो कीर्तिमान तोड्नु सम्भव देखिदैन ।

सर्वाधिक वान डे र टेस्ट खेल्ने रेकर्ड

सन् १९८९ मा पाकिस्तानबीरुद्ध डेब्यु गरेका सचिनले २४ वर्ष निरन्तर टेस्ट खेल खेले । सन् २०१३ मा सन्यास लिनु अघि सचिनले २ सय टेस्ट खेले । सन् २०११ मा भारतीय टेस्ट टोलीमा डेब्यु गरेका कोहलीले हालसम्म ७३ टेस्ट म्याच खेलेका छन् । सचिनको रेकर्ड तोड्न विराटले अझै १ सय २८ टेस्ट म्याच खेल्नुपर्छ । तर विराटले पछिल्लो ७ वर्षमा जम्मा ७३ टेस्ट म्याच खेलेका छन् ।

औसतमा हेर्दा विराटले वर्षमा १० टेस्ट म्याच खेलेको देखिन्छ । सचिनको रेकर्ड तोड्न यहि गतिमा अघि बढ्ने हो भने पनि कम्तिमा विराट अझैँ भारतीय टिमबाट १२-१३ वर्ष लगातर टेस्ट खेल्नुपर्छ । जुन विराटको करियमा असंभव छ ।

त्यस्तै सचिनले वान डे करियरमा ४ सय ६३ म्याच खेले । सन् १९८९ मा पाकिस्तानविरुद्ध डेब्यू गर्दै भारतीय टोलीमा स्थान बनाएका सचिनले सन् २०१२ मा पाकिस्तानविरुद्ध नै अन्तिम खेल खेल्दै सन्न्यास लिएका थिए । सन् २००८ मा वान डे टोलीमा स्थान बनाएका कोहली हाल सम्म जम्मा २ सय १६ म्याच खेलेका छन् । जुन सचिनको रेकर्ड तोड्न विराट अझै यो भन्दा अझ बढि समय खेल्नुपर्छ । जुन विराटको लागि सम्भव छैन ।

वान डे खेलमा सर्वाधिक म्यान अफ द म्याच

सचिन वान डे खेलमा सर्वाधिक ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडी हुन् । सचिन करिअरदौरान ६२ पटक म्यान अफ द म्याच घोषित भएका छन् । तर विराट कोहली जम्मा ३० पटक म्यान अफ द म्याच घोषित भएका छन् । सचिनको यो रेकर्ड तोड्न विराटले अझै ३३ पटक उपाधि पाउनु पर्छ । तर विराटको उमेर हेर्दा अब यो रेकर्ड तोड्न कठिन देखिन्छ ।

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

September 22, 2024

गुलशन आउटपछि थप संकटमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ । गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ […]

September 22, 2024

क्यानडाविरुद्ध ब्याटिङमा संघर्ष गर्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउँदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन […]

Success

Thank you for your time.