default_image

6 years ago

November 23, 2018

शनिबार पारस ११ र जोन्टी ११ को खेल; टीयू मैदानमा प्रवेश नि:शुल्क

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्स हाल नेपालमा ‘राइज अफ द क्रिकेटिङ’ नामक हाइ पर्फर्मेन्स क्याम्पका लागि नेपालमा छन् ।

कार्यक्रमको नेपाल क्रिकेट स्कुल (एनसीएस) र स्पोर्ट्स एडले संयुक्त रुपमा आयोजना गरेका हुन् । दुई साता लामो बसाईमा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा क्रिकेटर तथा खुला आवेदनमार्फत दर्ता भएकालाई प्रशिक्षण दिइरहेका छन् । आयोजकले शनिबार विश्व अटिजम दिवसको अवसरमा च्यारिटी खेलको आयोजना गर्ने कार्यक्रम राखेको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा जोन्टी रोड्सको कप्तानीमा हुने जोन्टी ११ र राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहने पारस ११ बीच खेल हुनेछ । अटिजम केयर नेपाल सोसाइटीको कास्की जिल्ला च्याप्टरको सहयोगार्थ हुने खेलमा विविध कार्यक्रम हुने आयोजकले जनाएको छ । दर्शकहरुको लागि भने प्रवेश नि:शुल्क रहेको छ । खेल मध्यान्ह १२ बजेदेखि सुरु हुनेछ ।

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

September 22, 2024

गुलशन आउटपछि थप संकटमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ । सातौ विकेटका रुपमा गुलशन झालाई गुमाएको नेपाल संकटमा परेको छ । गुलशन हर्ष ठाकरको बलमा ३४ रन बनाउँदै २७ ओभरको पहिलो बलमा आउट भए । टस जितेर ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ८८ रन बनाएको छ […]

September 22, 2024

क्यानडाविरुद्ध ब्याटिङमा संघर्ष गर्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउँदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन […]

Success

Thank you for your time.