6 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी टियू क्रिकेट मैदानमा सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि पोखरा राइनोजले दोस्रो विदेशी खेलाडीको रुपमा इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिनलाई भित्त्राएको छ ।
२७ वर्षिय कोग्लिनले इङ्ल्यान्डबाट ३२ प्रथम श्रेणी र २६ लिष्ट ए खेल खेलेका छन् । प्रथम श्रेणीमा उनले ५१ इनिङ्समा ११ सय ६८ रन बनाउनुको साथै ७५ विकेट लिएका छन् । त्यस्तै लिष्ट ए मा १ सय ६६ कुल रन बनाउनुको साथै १८ विकेट लिएका छन् । केहि दिन अघि पोखराले अस्ट्रेलियन कोच नाथन डोडलाई प्रमुख प्रशिक्षकमा र स्कटल्यान्ड क्रिकेट टोलीका कप्तान तथा प्रमुख ब्याटम्यान काइल कोट्जरलाई भित्त्राएको थियो ।
पोखराले अव एउटा विदेशी खेलाडी घोषणा गर्न बाँकी रहेको छ । शक्ति गौचनले नेतृत्वको पोखरा टीममा विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सुशन भारी र देव शाह रहेका छन् । पछिल्लो संस्करणमा टोलीमा रहेका सन्तोष भट्ट र नुरध्वज सेनको स्थानमा यसपटक नन्दन यादव र सुवेन्दु पाण्डे टोलीमा आएका छन् ।
ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् । पोखराले पहिलो खेल शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडियटर्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]