6 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली क्रिकेट परिषद (एसीसी) को वार्षिक साधारण सभामा नेपालको तर्फबाट एसीसीको निमन्त्रणामा अशोकनाथ प्याकुरेलले सहभागिता जनाएका छन् । प्याकुरेल आईसीसीले निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) का महासचिव हुन् ।
तस्बिर सौजन्य : टीएचटी
पाकिस्तानको लाहोरमा मंसिर १ गते सम्पन्न सभाले आगामी दुई वर्षका लागि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष श्री नजमुल हसनलाई अध्यक्षमा र इमरान ख्वाजालाई उपाध्यक्षमा मनोनित गरेको छ । उक्त सभामा प्याकुरेलले नेपालको पछिल्लो अवस्था बारे जानकारी गराउँदै हाल नेपाल आईसीसीसँगको सहकार्यमा निर्माण भएको विधान अनुसार अघि बढीरहेको र नेपाल माथिको प्रतिबन्ध फुकुवाको दिशामा अग्रसर रहेको सभालाई जानकारी गराएको क्यानले जारी विज्ञप्तिमा उल्लेखित छ ।
विज्ञप्तिमा एसीसीका सदस्य राष्ट्रहरूले नेपालको प्रतिबन्ध छिटै फुकुवा हुने विश्वास ब्यक्त गर्दै नेपालसँग अन्य सहकार्य गर्न आतुर रहेको जनाइएको छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभ रिचार्डसनले पनि सभामा भागलिएका थिए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]