6 years ago
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा जारी टी-१० लिग अन्तर्गत नेपाली बलर सन्दीप लामिछाने सम्मिलित केराला नाइट्स बिहीबार सिन्धिससँग ९ विकेटले पराजित भएको छ । सन्दीपले कसिलो बलिङ गर्दै विकेट लिएपनि हार टार्न सकेनन् ।
केरालाले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य सिन्धिसले आठौं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । २० बलमा ४९ रन जोडेका एन्टोन डेभ्चिचलाई सन्दीपले आफ्नो शिकार बनाएका थिए । सिन्धिसका लागि कप्तान सेन वाटसनले २४ बलमा ४ चौका र ४ छक्काको मदतले नटआउट ५० रन जोडे ।
सन्दीपले २ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिएका थिए । केरालाका अन्य बलर भने महँगो सावित भए । टम करनले १ ओभरमा २५ रन दिंदा मोहमद नविदले १ ओभरमा २८ रन खर्चिए । सोहेल तनवीरले १.४ ओभरमा २२ रन दिए भने वायन पार्नेलले १ ओभरमा ११ रन दिए ।
त्यसअघि टस जितेर फिल्डीङ रोजेको सिन्धिसका लागि स्पिनर प्रवीन ताम्बेले अप्रत्याशित सुरुवात दिलाए । पहिलो ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका उनले २ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । इनिङसको दोस्रो बलमा क्रिस गेललाई आउट गरेका ताम्बेले चौथो बलमा कप्तान ओइन मोर्गन, पाँचौमा काइरान पोलार्ड र छैटौं बलमा फाबियन एलेनलाई पेभेलियन फर्काएका थिए ।
उनले तेसो ओभरको दोस्रो बलमा उपुल थारंगालाई आउट गर्दै ५ विकेट पूरा गरे । एक समय २१-६ को स्थितिमा रहेको केरालालाई वायन पार्नेल र सोहेल तनाभिरले उकासे । तनाभिर र पार्नेलले सातौं विकेटका लागि ४९ रनको साझेदारी गरे । पार्नेलले २४ बलमा ७ चौका र ४ छक्कासहित ५९ रनमा नटआउट रहे । तनाभिर १४ बलमा १ चौका र २ छक्कासहित २३ रन जोडे । टम करनले ७ बलमा ७ रन जोडेपछि केरालाले १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन जोडेको थियो ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]