6 years ago
November 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर २२ देखी सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि विदेश खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ । यसै क्रममा चितवन टाइगर्सले टेस्ट राष्ट्र आयरल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान पाउल स्टर्लिङलाई भित्रायको छ ।
चिनवनले प्रेस विज्ञप्ति जारी गर्दै स्टर्लिङलाई अनुबन्ध गरेको जानकारी दिएको छ । स्टर्लिङ आयरल्यान्डका आक्रमक ब्याट्सम्यान साथै स्पिनर बलर पनि हुन् हुन् । स्टर्लिङले आयरल्यान्डबाट १ टेस्ट, १ सय वान डे र ५२ टी–२० क्रिकेट खेलेका छन् । त्यस्तै उनिसँग ६५ प्रथम श्रेणी र १ सय ८० लिष्ट ए खेल खेलेको अनुभव रहेको छ ।
अायरल्यान्डका ५२ टी– २० खेलमा ५१ पटक ब्याटिङ गरेका उनले २५.१२ को औसतमा रन बनाउदै कुल ११ सय ८१ रन बनाएका छन् । १३५.९१ को स्ट्राइक रेटमा ब्याटिङ गर्ने उनले ८ अर्ध शतक, ३९ छक्का र १ सय ४३ चौका प्रहार गरेका छन् ।
चितवनले यस अघि इङ्ल्यान्डका म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई टोलीमा अनुबन्ध गरेको थियो । तर म्याक्स इङ्ल्यान्डको लिष्ट ‘ए’ टोलीमा परेको ब्यस्त तालिका र फुलर पारिवारीक कारण आउन नसक्ने टाइगर्सले जनाएको छ । दिपेन्द्र सिंह ऐरी कप्तान रहेको चितवनमा पृथु वास्कोटा,दिलिप नाथ,भिम सार्की,ललितसिंह भण्डारी,साहव आलम, कमलसिंह ऐरी जस्ता क्रिकेटर रहेका छन् ।
चितवनलेयस वर्ष सुवास खकुरेल,योगेन्द्र सिंह कार्की र सुनाम गौतमलाई रिलिज गर्दै आदिल खान,सागर ढकाल र इशान पाण्डेलाई टोलीमा अनुबन्ध गरेको छ । इपीएलमा चितवनले पहिलो खेल ललितपुरसँग मंसिर २३ मा खेल्ने छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]