6 years ago
November 22, 2018
काठमाडौँ – मंसिर २२ गतेबाट सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि ललितपुर प्याट्रियट्सले आफ्ना तीन विदेशी खेलाडी सर्वाजनिक गरेको छ ।
गौरव तोमर
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सन्नी पटेल,गौरभ तोमर र जयकिशन कोल्छावालको नाम सार्वजनिक हो । पटेल र कोल्छावाला गर्तवर्ष पनि ललितपुरबाटै खेलेका थिए भने तोमर पहिलो पटक ललितपुरबाट खेल्न लागेका हुन् ।
गतवर्षकोल्सावालाले ललितपुरबाट ७ खेलमा २ सय २७ रन बनाउदै सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा थिए । पटेलले ४ खेलमा ६६ रन बनाउनुका साथै ५ विकेट लिएका थिए । तोमरले एक महिना अघि सम्पन्न पोखरा प्रिमियर लिगमा ज्ञानेन्द्र मल्लकै कप्तानी रहेको हुलास रोयल्स काठमाडौँबाट खेलेका थिए । ६ खेलमा २ सय १२ रन बनाउदै तोमर पीपीएलमा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए ।
यी तीनै खेलाडी भारतका हुन् । ईपीलमामा ललितपुरले पारस खड्का कप्तान रहेको विराटनगर वारियर्ससँग मंसिर २२ मा उद्धघाटन खेल खेल्दै सुरुवात गर्ने छ । ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]