6 years ago
November 22, 2018
युएई (एजेन्सी) – पहिलो खेलमा बुधबार राती पख्तुन्सवीरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले टी–१० लिगमा दोस्रो खेल आज खेल्दै छन् ।
दोस्रो खेलमा सन्दीपको टिम केरला नाइट्सले सिन्धिसको सामना गर्ने छ । खेल नेपाली सम अनुसार बेलुका ७:३० मा शारजाह क्रिकेट मैदानमा सुरु हुने छ । सिन्धिजको कप्तानी अष्ट्रेलियाका पुर्व कप्तान तथा अलराउण्डर शेन वाट्शनले गर्ने छन् । सिन्धिसमा वाट्शनसँगै जोफ्रा आर्चर,अमिद राजा,बेन कटिंग,थिसरा परेरा,मोहम्द इफ्रान, मोहम्मद नवाज,दिनेश रामदिन जस्ता स्टार खेलाडी रहेका छन् ।
पहिलो खेलमा सन्दीप पख्तुन्सबीरुद्ध २ ओभरमा ३ विकेट लिदै “म्यान अफ द म्याच” घोषित भएका थिए । सन्दीपले त्यही लयलाई दोस्रो खेलमा निरन्तरता दिने आसा गरिएको छ । सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो ।
सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम करन, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु रहेका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]