default_image

6 years ago

November 21, 2018

भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

64 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया भ्रमणमा रहेको भारतलाई पराजित गर्दै अष्ट्रेलियाले ३ खेलको टी-२० सिरिजमा अग्रता लिएको छ । बुधबार भएको पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित भएको छ ।

वर्षाले प्रभावित खेलमा १ सय ७४ रनको लक्ष्य पक्ष्याएको भारतले १७ ओभरमा ७ विकेटको गुमाउँदै मात्र १ सय ६९ रन बनाउन सक्यो । जितका लागि भारतलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो तर मार्कस स्टोइनिसले ८ रन खर्चेर २ विकेट लिएपछि अस्ट्रेलिया ४ रनले विजयी भएको हो । भारतका लागि ओपनर शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । धवनले ४२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाएपनि भारतको हार टार्न सकेनन् ।

त्यस्तै ऋषभ पन्तले २० र दिनेश कार्तिकले ३० रन जोडे । रोहित शर्मा ७, के.एल. राहुल १३ र कप्तान विराट कोहलीले ४ रन जोड्न सके । अष्ट्रेलियाका लागि एडम जम्पा र स्टोइनिसले समान दुई विकेट हात पार्दा एन्डुयू टाई र बिली स्टेनलेकले समान एक एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले १७ ओभमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । अस्ट्रेलियालालाई विशाल योगफल तयार पार्नको लागि ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरे । ८.३ ओभरमा कुलदीपले कप्तान आरोन फिन्चलाई आउट गरेपछि मैदान प्रवेश गरेका म्याक्सवेलले सुरुवाती ओभर धैर्यताका साथ बाटिङ गरि रहे ।

१४ ओभरको दोस्रो,तेस्रो र चौथो बलमा कुनाल पाड्यालाई लगातार छक्का प्रहार गर्दै म्याक्सवेलले आफ्नो आक्रामक  खेलेपछि भारतीय बलर पूर्णरुपमा दवावमा आएका थिए । म्याक्सवेलले चौथो विकेटका लागि मार्कस स्ट्रोनिससँग ७८ रनको साभेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए । १७ ओभरको दोस्रो बलमा जसप्रित बुमराहको बलमा भुवनेश्वर कुमारको हातबाट क्याच आउट हुनुअघि उनले २४ बलमा ४ छक्का प्रहार गर्दै ४६ रन बनाए ।

त्यस्तै स्टोइनिसले १९ बलमा ३ चौका र १ छक्का प्रहार ३३ रनमा नट आउट रहे । अष्ट्रेलियाका क्रिस लिनले २० बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३७ रनमा आउट हुदा कप्तान आरोन फिन्चले २७ रन जोडे । भारतका लागि कुलदीप यादवले २, जसप्रित बुमराह र खलिल अमिदले समान १ विकेट हात पारे ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.