default_image

6 years ago

November 21, 2018

स्कटल्यान्डका कप्तान कोट्जर ईपीएलमा पोखराबाट खेल्ने

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मंसिर २२ देखी टियू क्रिकेट मैदानमा सुरु हुँदैछ  । प्रतियोगिता सुरुहुनु अघि हरेक टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ ।

यसै क्रममा केहि दिन अघि अस्ट्रेलियन कोच नाथन डोडलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको पोखरा राइनोजले स्कटल्यान्ड क्रिकेट टोलीका कप्तान तथा प्रमुख ब्याटम्यान काइल कोट्जरलाई भित्त्राएको छ । काइल कोट्जर स्कटल्यान्डका कप्तानसँगै भरपर्दा ब्याटम्यान र पार्टटाइम बलिङ गर्ने खेलाडी हुन् । उनले वान डे क्रिकेटमा ५० खेल खेलेका छन् ।

कोट्जरले ५० खेलमा ४ शतक १२ अर्धशतक प्रहार गर्दै कुल १९ सय ६९ रन बनाएका छन् । ४२.८० को औसतमा रन बनाएका उनले ८८. ८१ को स्ट्राइक रेटमा ब्याटिङ घुमाएका छन् । त्यस्तै टी– २० क्रिकेटमा ४५ खेलमा कुल १ हजार ३५ रन बनाएका छन् । १२०.९१ को स्ट्राइकमा ब्याटिङ गरेका उनले २५. २४ को औसतमा रन बनाएका छन् । लिस्ट ‘ए’ मा १ सय ५७ खेल खेलेका उनले कुल ५ हजार २२ रन बनाएका छन् । जस्मा १२ शतक र २९ अर्ध शतक सामेल रहेको छ ।

ईपीएलमा हरेक टीमले तीन विदेशी खेलाडी खेलाउनै पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप गत संकरणमा राइनोजले पाकिस्तानका इसरार उल्लाह,आशिफ अली र ताज वालीलाई अनुबन्ध गरेको थियो । आशिफ अली अहिले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी भई सकेका छन् ।

राइनोजले अव अन्य दुई विदेशी खेलाडी घोषणा गर्न बाँकी रहेको छ । शक्ति गौचनले नेतृत्वको पोखरा टीममा विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सुशन भारी र देव शाह रहेका छन् । पछिल्लो संस्करणमा टोलीमा रहेका सन्तोष भट्ट र नुरध्वज सेनको स्थानमा यसपटक नन्दन यादव र सुवेन्दु पाण्डे टोलीमा आएका छन् ।

ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् । पोखराले पहिलो खेल शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडियटर्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.