6 years ago
November 21, 2018
यूएई (एजेन्सी) – युनाइटेड अरब इमिरेट्स (यूएई) मा आज बाट टी–१० लिग सुरु हुदैँ छ । टी–१० लिग खेल्नको लागि आइतबारनै युएई गएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेल आज खेल्दै छन् ।
केरला किङ्समा आबद्ध सन्दीपको टिमले पख्तुनसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका १० : ३० बाट शारजाह क्रिकेट स्टेडियमा सूरु हुने छ । सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो । सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु रहेका छन् ।
पख्तुनको कप्तानी पाकिस्तानका पुर्व कप्तान तथा विश्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीले गर्ने छन् । लिगमा कुल ८ टिम सहभागिता रहेको छ । मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन् । पछिल्लो एक वर्षमा सन्दीपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् ।
त्यस्तै सन्दीपको अष्ट्रेलियाको विश्व चर्चित बीग ब्यास, पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगमा पनि अनुबन्ध भई सकेका छन् । दिल्लीबाट विदेशी लिगको यात्रा थालेका सन्दीप पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय लिग खेल्न भ्याइ नभ्याई रहेको छ । साथै पछिल्लो एक वर्षको समयमा सन्दीपले झण्डै दुई करोड रुपैँया कमाई सकेका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]